२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काठमाडौंमा नक्कली डिएसपी पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ ३१, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । आफूलाई नेपाल प्रहरीको डाक्टर मेडिकल प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखि नपाएको ओहोदा/ पदवी पाएको भनि भ्रम सिर्जना गरेको भन्ने यस महाशाखामा प्राप्त सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलिले जिल्ला काठमाण्डौं तारकेश्वर नगरपालिका वडा नं. ६ बस्ने बर्ष ४४ को कृष्ण प्रसाद ढुङ्गानालाई तारकेश्वर नगरपालीका वडा न. मा निजले संचालन गरेको भिक्टोरिया फार्मेसी बाट पक्राउ गरी निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।
साथै कोही व्यक्ति निजबाट पिडित भएको भए यस महानगरीय अपराध महाशाखामा सम्पर्क गर्न हुन अनुरोध ।

पक्राउ व्यक्ति:-
१. नाम :- कृष्ण प्रसाद ढुङ्गाना (Dr.SK Dhungana)
उमेर :- ४४ बर्ष
ठेगाना :- का.जि. तारकेश्वर न.पा. वडा नं. ६ ,जरङगू

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-
१. आफुलाई मेडिकल डाइरेकटर (Dr.SK Dhungana )हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको ।
२. नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएको ।
३. नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यूनिफम लगाएको फोटो आफ्नो फेसबुक प्रोफाइलमा राख्ने गरेको ।

निजको साथबाट बरामद भएका सामानहरुः-
१. नेपाल प्रहरीको बिभिन्न पदहरूको यूनिफम लगाएका फोटा थान -३
२. प्रहरी नायब उपरीक्षकको यूनिफम थान-१
३. नेपाल प्रहरीको जर्सि थान -१
६. मोबाईल सेट थान -१

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!