०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

मानव अघिकार घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

स्मृती घर्ती मगर
प्यूठान १० असार
मानव अघिकार बर्ष पुस्तक २०१९ का लागी संकलन गरिएका घटनाहरुको अर्धबार्षिक समिक्षा कार्यक्रम आज उध्योग बाणिज्य संघको सभाहल खलंगामा सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानका रविन्द्र पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी रहनु भएको थियो भने बिशेष अतिथी प्रमुख प्रहरी नायब उपरिक्षक राजेन्द्र प्रोख्रेल रहनु भएको थियो।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्युठानको आयोजनामा भएको कार्यक्रममा राजनितिक अधिकार तथा मानव अधिकारका उल्लङ्गघनका घटनाहरु लगायतका बिषयहरुमा छलफल तथा समिक्षा गरिएको छ।
सबै घटनाहरुलाई अभिलेखका रुपमा राख्नको लागी सन् २०१८ को नेपाल मानव अधिकार बर्ष पुस्तकमा समावेश गरी प्रकाशन पूर्व यसलाई थप विश्वसनीय बनाउन र छुटेका घटना भएमा समावेश गरी अन्तिम रुप दिनको लागी प्रत्येक जिल्लाका जिल्ला स्तरमा सम्बन्धित सरोकारवालाहरु बिच अर्धबार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
इन्सेकले मानव अधिकारका उल्लङ्गघन बाट पीडितहरुको अधिकार सुनिश्चत गर्न र राज्यलाई दायित्वबोध गराई पीडितहरुको परिपुरणमा सहयोग गराउने उद्देश्यले सो संस्थाबाट देशभरीका हत्या, बालअधिकार हनन्, धम्की, कुटपिट, महिला माथि हुने सबै प्रकारका भेदभाव, दुब्र्यवहार, बेपत्ता, अपहरण, बलत्कार लगायत सबै प्रकारका जातीय बिभेद आदी घटनाहरुलाई समेट्ने गरेको छ। यस संस्थाले आफनो स्थापनाकाल देखि नै मानवअधिकार संरक्षण प्रवद्र्धन कार्यमा क्रियाशिल रहनुको साथै मानव अधिकारका उल्लङ्गघनका घटनाहरुको अभिलेखिकरण र प्रकाशन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको छ।
कार्यक्रमा बोल्दै इन्सेकका रबिन्द्र पाण्डेले ६ महिनाको समय अवधिभर प्युठान जिल्लामा घटेका घटनाहरुको बारेमा जानकारी गराउनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख राजेन्द्र प्रोख्रेलले घटनाहरुको अभिलेखिकरण र प्रकाशनमा समावेश गर्न छुटेका घटनाहरुको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो। साथै उहाले आफना गाउं बस्तीहरुमा घटेका घटनाहरुरलाई कुनै संकोच नमानी सम्बन्धित निकाय सम्म पुग्याई दिनको लागी समेत आग्रह गर्नु भएको छ।
नेपाल पत्रकार महासंघ प्युठानका सचिव बिजयसिंह भारतीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा हरप्लेस प्युठानका जिल्ला संयोजक पम्फा पन्त, स्थानिय शान्ति समिति प्युठानका कार्यालय सचिव कमल थपलिया, महिला सहयोग मञ्च प्युठानका अध्यक्ष पार्वता आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (Crime Action Plan – CAP) अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीबाट पाल्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलद्वारा जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ। निरीक्षणका क्रममा उहाँले अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, हिरासत […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हेम बहादुर के.सी.द्वारा यस कार्यालय तथा प्रत्यक्ष मातहत समेतका प्रहरी कर्मचारीहरूको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ। निरीक्षणका क्रममा उहाँले प्रहरी कर्मचारीको आचरण, अनुशासन, सेवा प्रवाह तथा कार्यसम्पादनका विषयमा निर्देशन दिनुभएको थियो। साथै नागरिकलाई छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न, व्यावसायिकता कायम राख्न […]

बाँके । बिना अनुमति माटो ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा उक्त सवारी साधनहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधन तथा चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि प्रहरीको निगरानीलाई अझ कडा पारिएको छ।

error: Content is protected !!