१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

दाङमा कीर्ते नागरिकता बनाउने वडाध्यक्षसहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ २१, २०७८

(ABC-Sanchar)
दाङ । कीर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नंम्वर ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको छ । आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको हो ।

भिमबहादुर कामीले उनका ज्वाई अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिश गरेको भन्दै पक्राउ गरिएको ईलाका प्रशासन कार्यालय लमही स्रोतले बताएको छ । तर, नागरिकता बनाउदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन शुसिलाका श्रीमान हुन् । हाल उनी रोजगारको सिलसिलामा विदेश छन् ।
नागरिकतबाारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको हो । २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ । उक्त कार्यमा भिमबहादुरकी छोरी सुशीला मुख्य मतियारको रुपमा संलग्न भएको पाइएको छ ।

वडाध्यक्षसहित तीन जनालाई वडा प्रहरी कार्यालय लमहीमा राख्न भनि पठाईएको थियो । तर, प्रहरीले आज जिल्ला प्रशासन कार्यालय दाङमा हाँजिर हुने गरि घर पठाईएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख राजन पौडेलले बताए । उनका अनुसार आज सोधपुछका लागि ल्याईएको हो।

सुशीलाले चितवन घर भएका अर्जुनसँग बिहे गरे पनि घरको पूरा ठेगाना थाहा नभएको वयान दिएकी छन् । यद्यपि चितवन प्रशासनसँग पनि समन्वय गर्दै नागरिकता खारेजको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइने प्रमुख खवासले बताए ।

शुसिलाले केही दिन अघि राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य शोभाराम विक र कमल विक विरुद्ध जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिईन् । ईलाका प्रहरी कार्यालय गढवामा उक्त मुद्दा दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

error: Content is protected !!