२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

प्रहरी अस्पताल र बर्दिया प्रहरीको आयोजनामा नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी वितरण

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८


ABC (क्राईमबिट)
बर्दिया । नेपाल प्रहरीका कर्मचारी एवं पुर्व प्रहरी तथा अमर प्रहरी परिवारका सदस्यहरुलाई निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श र औषधी वितरण गरिएको छ । मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगंज र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा निःशुल्क चेक जाँच गरिएको हो । निःशुल्क स्वास्थ्य शिविर जिल्ला प्रहरी कार्यालयको हाताभित्र भएको हो ।

बर्दिया प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले ब्यानर पढेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए । प्रजिअ सुनारले जिल्ला प्रहरी कार्यालयले गरेको स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविरको प्रसंशा गर्दै पवित्र काम गरेको बताए ।
यस कार्यक्रमले प्रहरी संगठनभित्रका कर्मचारीको अन्तरसम्बन्ध, माया, ममता र स्नेहा बढाउने बताए । यस्ता रचनात्मक कार्यक्रमले पुर्व प्रहरी र बहालवाला कर्मचारीबिचको सम्बन्धलाई कायम राख्ने बताए । राज्यलाई योगदान गरेर घर फर्किएका कर्मचारीलाई यस्ता कार्यक्रममा सारिक गराउँदा संगठनले माया गरेको पुर्व प्रहरीलाई आभास हुने प्रजिअ सुनारले बताए ।

कोभिड महामारीमा अहोरात्र खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए ।

यस शिविरले गर्दा जिल्लाभित्रका बहालवाला कर्मचारी, पुर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्यहरुले आफ्नो स्वास्थ्य अवस्थाको चेक जाँच गराएको एसपी कार्कीले बताए ।

शिविरमा नाँक, कान, घाँटी, डेन्टल, अर्थो, गाइनो, बल्ड प्रेसर तथा जनरल ओपिडी सेवा उपलब्ध रहेको थियो । निःशुल्कमा स्वास्थ्य अवस्था बुझि परामर्श र औषधी पाउँदा प्रहरी कर्मचारी खुसी भएका छन् ।
मध्यपश्चिम क्षेत्रिय प्रहरी अस्पताल नेपालगंज र भेरी अस्पताल नेपालगंजका बिशेषज्ञ चिकित्सक सहित १४ जनाको स्वास्थ्यकर्मी टोली द्वारा

शिविरमा स्वास्थ्य चेक जाँच गरिएको थियो । क्षेत्रिय प्रहरी अस्पतालका एसपी डाक्टर अभिमन्यु श्रेष्ठको नेतृत्वमा प्रहरी कर्मचारीहरुको स्वास्थ्यको परीक्षण गरिएको हो । यस निःशुल्क शिविरबाट २ सय २५ जना प्रहरी कर्मचारी लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]