१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

बाँके सिडियो चुपचाप कमिसनको खेल जनप्रतिनिको सेटिङमा नदिजन्य व्यापक दोहन

Logo
प्रकाशित शनिबार, आषाढ २६, २०७८


(एबिसी संचार ब्युरो)
बाँके । राप्ती र मानखोलामा अबैद्य निर्माण सामग्री उत्खनन पछि स्टक प्रमाणिकरण बिनै मौजाद राखेका खोलेडनहरू यतिबेला भ्याटबिल बिनै कारोवार मिलाउन सक्रिय देखिएका छन ।

स्थानीय तह जिल्ला प्रशासनलाई मोटो रकम दिएर खोलेडनहरूले सरकारलाई भ्याट छलि समेत गर्दै कारोवार मिलाउन थालेको खुलेको छ ।

बाँकेका यसरी नदीको निर्माण सामग्री उत्खनन गर्ने र स्टक राखेका अधिकाशं व्यक्तिले भ्याट बिल प्रयोग गरेका छैनन । तर, बाँके जिल्ला प्रशासन देखि स्थानीय तह यस बिषयमा चुपचाप रहेको छ ।

खोलेडनहरूले भन्छन् पत्रकारले जति लेखेपनि केही फरक नपर्ने भन्दै आफुहरूको स्थानीय तह,बाँके जिल्ला प्रशासनमा गतिलो सेटिङ्ग भैसकेको समेत खुलाएका छन ।

बाँकेका (सिडिओ) हुँदै जनप्रतिनिधिसँग समेत गतिलै सेटिङ भई खोलेडनहरूले मोटो रकम बुझाउने तयारी समेत गरेको खुलेको छ ।

अबैद्य नदी जन्य स्टक सामग्री बिक्रि नहुने देखिएपछि उनीहरू स्टक प्रमाणिकरणका लागि आजभोली राप्ती, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकामा जनप्रतिनिधी, इन्जिनियर र हाकिमलाई मोटो रकमको लोभ देखाउँदै फकाउन सक्रिय भएको खुलेको छ ।

दुई दिन यता राप्ती र मानखोलामा रजाई गरिरहेका खोले डनहरू स्थानीय हतमा धाउन थालेको स्थानीय तहका कर्मचारी नै बताउँछन । उनीहरूका अनुसार रकम जतिपनि तिर्न तयार रहेका ती खोलेडनलाई स्टक प्रमाणिकरणको पत्र चाहिएको छ ।

बाँकेमा ५० करोडको नदी जन्य निर्माण सामग्री स्टक प्रमाणिकरण बिना जताततै मापदण्ड विपरित थुपारिएको छ ।

स्थानीय तहतले तत्काल प्रमाणिकरण नगरीदिए ‘खोलेडन’ ले चोरीको बाटो अपनाएर रातारात बिक्रि वितरण गर्न सक्ने देखिएको छ । यसले पनि बाँके जिल्ला प्रशासनले तत्काल यी सामग्री नियन्त्रणमा लिन जरूरी रहेको जानकार बताउँछन ।

यसरी जताततै अबैद्य रूपमा यस्ता समाग्री राखिएको जानकारी भएरै पनि सहायक सिडिओको संयोजकत्वमा हुने अनुगमन समितिले अहिलेपनि यसतर्फ अनुगमनका लागि ध्यान दिन सकेको छैन । जफत हुन सक्ने डरले कतिपय खोलेडनले त स्टक सामग्री रातारात सस्तोमा बिक्रि समेत गरिसकेका छन ।

यतिबेला यसरी अबैद्य स्टक राखेका व्यक्तिले खोला कब्जामा लिएका ठेकेदार कम्पनीसँग मिलेर गैरकानूनी बिल मिलाउन गर्न पनि थालेको खुलेको छ ।

यतिबेला बाँके सिडिओलाई चौतर्फी प्रश्न उठेको छ सिडिओ साब कहिले हुन्छ अबैद्य सामग्री जफत ? तर, यसको कुनै जवाफ छैन बाँके सिडिओसँग ।

राप्तीसोनारी, बैजनाथ, कोहलपुर, डुडुवा र नेपालगन्ज क्षेत्रमा जनप्रतिनिधीको आड र डनगिरीको भरमा जताततै मनपरी निर्माण सामग्री स्टक राखिएको छ ।

यो वातावरणिय मुल्याङकनका आधारमा पनि गलत हो । राप्ती सोनारीमा निशान बिल्र्डसले सबैभन्दा बढी निर्माण सामग्री स्टक प्रमाणिकरण बिना थुपारेको स्थानीय बताउँछन ।

शोकबहादुर ओली, प्रेम डाँगी, तेज ओली, सुर्य खड्का, उमेश शाही, पूर्ण आचार्य, दीपक ओली लगायतका व्यक्तिले राप्ती नदीबाट उत्खनन गरेको करिब ३० करोडको निर्माण सामग्री स्टक प्रमाणिकरण बिनै अबैध रूपमा यत्रतत्र थुपारेको खुलेको छ ।

जनप्रतिनिधीको आँडमा तेजु रोकाय, दीपक केसी, रमेश चन्द लगायतका व्यक्तिले मानखोलाबाट करिब १५ देखि २० करोड बराबरको निर्माण सामग्री बैजनाथका विभिन्न ठाउँमा मनोमानी स्टक प्रमाणिकरणबिनै थुपारेको खुलेको छ ।
ईसेतो खरीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]