१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर मुर्दावाद भन्दै पुत्ला जलाउने युवा संघ र प्रहरीबीच झडप

Logo
प्रकाशित सोमबार, आषाढ २८, २०७८

(ABC-Sanchar)
काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । सर्वोच्चको फैसला लगत्तै सत्तारुढ दल नेकपा एमाले निकट युवा संघ सडक प्रदर्शनमा उत्रिएको छ ।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गर्ने प्रयास गरेका थिए । पुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

error: Content is protected !!