२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङ प्रहरीले रेड पाण्डाको छाला र टल्कने ढुँगासहित २ ब्यक्ति पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ३१, २०७८


ABC (क्राईमबिट)
दाङ । दुर्लभ बन्य जन्तु दाङमा रेड पाण्डाको छालासहित दूई ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ बर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ बर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेश काफ्लेले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिबन्धित रेड पाण्डाको छाला बिक्रि बितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपि काफ्लेले बताए ।
उनीहरुको साथबाट नङग्रासहितको टाउकोदेखि पुच्छर सम्मको लम्बाई २ फिट १० इञ्च रहेको एउटा रेड पाण्डको छाला र काईनेटिक (टल्कने ढुँगा) सानो ठूलो गरि ३२ बटा प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!