०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

चीनमा भीषण बाढी आउँदा २५ जनाको मृत्यु, ७ जना बेपत्ता

Logo
प्रकाशित बिहिबार, साउन ०७, २०७८

काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ । सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए ।

तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो । १० करोड भन्दा बढी जनसंख्या भएको सो प्रान्तमा २ लाख भन्दा बढी बाढी प्रभावितको उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको त्यहाँँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

बाढीका कारण दर्जनौ सडकमा क्षति पुगेको छ भने निजी तथा सरकारी संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । चीनको केन्द्रीय सरकार र हनान प्रान्त सरकारले प्रकोप उद्दारका लागि जनशक्ति परिचालन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । जनमुिक्त सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई प्रभावितहरुको उद्दारका लागि परिचालन गरिएको बताइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]