२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपाल प्रेस युनियन दाङ शाखाले ४ जना पत्रकारलाई निलंबन

Logo
प्रकाशित आइतबार, साउन १०, २०७८


(ABC-Sanchar)
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ ।

प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरुलाई कारबाही गरेको हो ।

एकजना लाई युनियन बाट नै निस्कासन गरेको छ भने ३ जनालाई बर्तमान कार्यसमिति र साधारण सदस्य समेत नरहने गरि ६ महिनाको लागि निलम्बन गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।  युनियनका पुर्ब केन्द्रीय पार्सद तथा साधारण सदस्य ऋषिराम यादबलाई युनियनमै नरहने गरि निस्कासन गरिएको छ । उनी गत चैत २५ गते भएको पत्रकार महासँघ दाङको चुनाबमा बिपक्षी प्रेस चौतारीबाट उम्मेद्वार बनेका थिए । त्यस्तै युनियनकि सहसचिब सपना बोहरा, कार्यसमिति सदस्यहरु पुर्ण प्रकाश बिश्वकर्मा (प्रिया स्मृती गजमेर) र शर्मिला डिसीलाई पदबाट हटाउँदै ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । कारबाहीमा पर्ने पत्रकार हरुलाई उम्मेद्वार योग्य नभएको ठहर गर्दै आगामी युनियनको अधिबेसन तथा पत्रकार महासँघको चुनाबमा उम्मेद्वार नरहने गरी कुनै किसिमको सहयोग नगर्ने निर्णय समेत गरेको छ ।

उनिहरुकै अन्तरघात र प्रेस सँगठनको आन्तरिक गुटगतका कारण महासँघको चुनाबमा अध्यक्ष सहित केही प्रमुख पद तथा सदस्यहरुले हार ब्यहोर्नुपरेको युनियनको निष्कर्ष छ । अध्यक्ष सहित केही पदमा पराजित भए पश्चात् युनियनले आफ्नै मातहतको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले साउन ९ गते यथेष्ट प्रमाण सहित ४ जनालाई कारबाही सहितको प्रतिबेदन तयार पारेपछि प्रेस युनियन दाङ शाखाको शनिबार बसेको बिस्तारित बैठकले अनुमोदन गरेको हो ।

नेपाल प्रेस युनियन दाङ शाखाका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको बिस्तारित बैठकले छानबिन समितिको प्रतिबेदनलाई अनुमोदन गर्दै कारबाही गर्ने निर्णय गरेको छ । उनिहरु माथी बिपक्षीको प्रचार गरेको, सँगठनको मर्म बिपरित प्रस्तुत भएको, पराजित गराउनमा प्रमुख भुमिका खेलेको, गठबन्धनको पराजित प्रति खुसी ब्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्टिएको याबत आरोप हरु छन ।

पछिल्लो समय नेपाल प्रेस युनियन दाङ शाखामा उछृङ्खल प्रबृती बढ्दै गएको र सहि बाटोमा दोहोर्‍याउन यस्तो कदम चाल्नुपरेको कार्यबहाक अध्यक्ष नारायण खड्काले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]