०४ आश्विन २०८३, आइतबार
20-09-2026 , Sun
×

अफगानिस्तानमा ८९ लडाकू र ४२ नागरिक र सुरक्षाकर्मी मारिए

Logo
प्रकाशित सोमबार, साउन ११, २०७८

काबुल । अफगानिस्तानमा भएका विभिन्नि घटनाहरुमा परी कम्तीमा ८९ तालिवान लडाकू मारिएका छन्।

सुरक्षाकर्मीहरुको कारबाहीमा अरु ८२ लडाकु घाइते भएका सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

आइतबार बिहानदेखि सोमबार बिहानसम्मको अवधिमा यी घटनाहरु भएको रक्षा मन्त्रालयले जनाएको छ।

सुरक्षाकर्मीहरुले देशको कुनार, कान्दाहार, हेरात, फराह, फर्याब, सामान्गन, हेल्मान्ड, निम्रोज, ताखार, कुन्दुज र कापिसा प्रान्तमा सुरक्षा कारबाही गरेका थिए।

अफगानिस्तानकै घाज्नी प्रान्तअन्तर्गत पर्ने मलिस्तानमा भएको हिंसात्मक घटनामा भने कम्तीमा ४३ आमनागरिक र सुरक्षाकर्मीहरुको मृत्यु भएको छ।

लडाकूहरुको आक्रमणमा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

“तालिवान लडाकूहरु मालिस्तान जिल्लामा प्रवेश गरी युद्ध अपराध गरी आम नागरिकको हत्या गरेका छन्, हत्या गरिएकाहरु लडाइमा संलग्न थिएनन,” स्थानीय नागरिक अधिकारकर्मी मिना नाडेरीले भन्नुभयो।

लडाकूहरुले स्थानीयको सम्पत्ति समेत लुटपाट गरेको र सर्वसाधारणको वासस्थानमा आगजनी समेत गरेका उहाँले बताउनुभयो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]