२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

२ बर्ष देखि बेपत्ता रहेको भारतबाट ५ बालबालिकाको उद्धार

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८

(ABC-Sanchar)
झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेको जनाएको छ ।

शुक्रवार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल र दमकका १४ वर्षीय खेम राजवंशी रहेका संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए ।

उद्धार गरिएका सबैलाई शुक्रवार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरू २०५६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरूलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।

विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकडभिट्टा तथा भद्रपुरस्थित सिमानाकामा रहेर चेलीबेटी बेचबिखन तथा बाल अधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]