१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

बर्दिया प्रहरीले एकदिन फरार रहेका ३ जना अभियुक्त पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १६, २०७८

ABC (क्राईमबिट)
बर्दिया । प्रहरीले सार्वजनिक अपराध मुद्दामा सजाय तोकि फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
बर्दिया जिल्ला अदालतको मिति २०७२ चैत ९ गतेको फैसला आदेशले केही सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरिवाना तोकिई फरार रहेका कसुरदार राजापुर १ का अशोक चौधरी र केशब थारुलाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलिले शुक्रबार पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । त्यस्तै बर्दिया जिल्ला अदालतको मिति २०७७ पुस १५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेका बारबर्दिया नगरपालिका ८ का २७ बर्षिय सुमन चौधरीलाई पक्राउ गरिएको हो ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलिले शुक्रबार पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको एसपी कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । बगदामा भएको घटनालाई लिएर कपिलवस्तुमा गरिएको विरोध प्रदर्शन तथा बजार बन्दका क्रममा प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सदरमुकाम तौलिहवाबाट ४ जना र कृष्णनगरबाट २ जना गरी सोमबार दिउँसोसम्म ६ जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा हिन्दुवादी संगठनका नेता समेत रहेका छन्। आइतबार हिन्दुवादी संगठनहरूले प्रशासन कार्यालयमा भएको सर्वपक्षीय बैठकमा […]

कोलम्बियाको दक्षिणी पुतुमायो विभागमा रहेको पुएर्तो लेगुइजामो क्षेत्रमा टेकअफ गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ६६ पुगेको छ। साथै ४ जना हराइरहेको जनाइएको छ। अन्य दर्जनौं घाइतेहरूलाई नजिकको अस्पतालमा पुर्‍याइएको छ। रक्षामन्त्री पेड्रो सान्चेजका अनुसार, विमान टेकअफ गर्ने साथ रनवेबाट करिब १.५ किलोमिटर टाढा खसेको थियो। विमान खसेपछि टुक्रा-टुक्रा भएको थियो र […]

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

error: Content is protected !!