१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

गृहमन्त्रीको निर्देशनमा सशस्त्र इन्सपेक्टर रुपन्देहीको डन्डा बिओपीमा सरुवा

Logo
प्रकाशित सोमबार, साउन १८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा हत्तपत्त काज सरुवा हुँदैन । तर, गृहमन्त्रीले नै निर्देशन दिएपछि भने सरुवा नहुने कुरा भएन ।
सोमबार गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा एक इन्सपेक्टरको एकल काज सरुवा भएको छ । खाँणको निर्देशनमा इन्सपेक्टर कृष्ण अर्याललाई रुपन्देहीको डन्डा बिओपीमा काज सरुवा गरिएको हो ।
सामान्यतया बिओपीका इन्चार्जहरुको एकैपटक सरुवा हुने गरेको छ । यो वर्ष इन्सपेक्टरको सरुवाको तयारी भइरहेको छ । तर, नियमित सरुवा समेत नकुरी इन्सपेक्टर अर्याललाई सो बिओपीमा पठाइएको छ । स्रोतका अनुसार सो बिओपीमा जान धेरैको चाहने भएकाले यसरी गृहमन्त्रीको ठाडो आदेश लगाएर इन्सपेक्टर अर्याल त्यहाँ गएका हुन् । अन्य बिओपीमा समेत सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुले पैसा उठाइरहेको स्रोत बताउँछ । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एउटा जवान वा हवल्दारले रगत पसिना बगाएर सेवा गर्दै अवकाश लिँदा सानो घर बनाउनसमेत संघर्ष गर्नुपर्छ। तर केही अधिकृतहरूको सम्पत्ति भने करोडौँमा कसरी पुग्छ ? के यो इमानदार सेवाको प्रतिफल हो, वा कहीं न कहीं प्रणालीभित्रै समस्या लुकेको छ? यस्तो प्रश्न उठ्नु स्वाभाविक देखिन्छ। अब पारदर्शिता र उत्तरदायित्वका लागि सम्पत्ति छानबिन गर्ने समय […]

उर्लाबारी । इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारीको इतिहासमा पहिलोपटक महिला नेतृत्व आएको छ । सोमबारदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीना वलीले उर्लाबारी प्रहरीको कमाण्ड सम्हाल्ने भएकी छन् । उपत्यका प्रहरी कार्यालय, उजुरी छानबिन तथा मानवअधिकार शाखा रानीपोखरी, काठमाडौंबाट सरुवा भई आएकी वलीलाई प्रहरी संगठनभित्र कुशल र परिणाममुखी अधिकृतका रूपमा चिनिन्छ । यसअघि कार्यरत इन्सपेक्टर रञ्जन बरालको […]

काठमाडौं । सशस्त्र प्रहरी बलमा भावी संगठन प्रमुख अर्थात् प्रहरी महानिरीक्षकका लागि दौड सुरु भएको छ । हालका आईजीपी राजु अर्याल अवकाशमा जान लागेपछि भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको हो । अर्याल वैशाख १८ मा सशस्त्र प्रहरी बलको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका छन् । उनी अवकाशमा गएपछि आईजीपीमा उनीसँगै एकैपटक भर्ना […]

error: Content is protected !!