२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

सशस्त्र प्रहरी बियोपी जमुनाहले भन्सार छलेर ल्याएको समानहरु पक्राउ

Logo
प्रकाशित शनिबार, साउन ३०, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज १६ जयसपुरबाट सशस्त्र प्रहरी बियोपी जमुनाह प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिओपी जमुनाहका इन्चार्ज जीवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्र टोलीले अवैधरुपमा भन्सार छलि भित्र्याइएको लत्ताकपडा, जुता र पाललगायतको सामान बरामद गरेको हो ।

इन्चार्ज बुढाका अनुसार, १८३ पीस जुत्ता, २० पीस पाल, २० पीस पाइन्ट, एक दर्जन मोजा, महिलाले ओढ्ने सल २ पीस बरामद भएको छ । करिव २ लाख ५५ हजार २ सय मूल्य बराबरको सो सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको पनि उहाँले बताउनुभयो ।

हरेक दिन हजारौं र लाखौंको अवैध सामान बरामद हुने नाका बनेपनि उतिकै मिल‍मतोमा सामान ओसार पोसार हुने गर्दछ । नाका बाट पास भएका अवैध सामान कहिले सुर्खेत , कोहलपुर र नेपालगका बजारमा नि समातिएको सशस्त्र प्रहरी नायब निरीक्षक बियोपी जमुनाह सूचना अधिकृत योगेन्द्र शाहीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!