२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

तालिबानबाट भागेका राष्ट्रपति असरफ घानीलाई माफी दिने देश फर्कन आग्रह

Logo
प्रकाशित मंगलबार, भाद्र ०८, २०७८

(ABC-Sanchar)
काठमाडौँ । हाल अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानले देशबाट भागेका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई स्वदेश फर्कन आग्रह गरेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति र सुरक्षा सल्लाहकार हमदुल्ला मोहिवलाई माफी दिएको घोषणा गर्दै तालिबानका वरिष्ठ नेता तथा हक्कानी नेटवर्कका प्रमुख खलील उरंहमान हक्कानीले उनीहरुलाइ देश फर्कन आग्रह गरेको हो ।

यस्तै प्रमुख हक्कानीले आफुहरु विरुद्धको युद्धमा अफगान सेनाको नेतृत्व लिएका जर्नेलसहित सबै सैनिकलाई पनि माफी दिइएको घोषणा गरेका छन् ।

आफुहरु विरुद्ध युद्ध लड्ने जो कोहीसँग पनि बदला लिने जनाएको तालिबानले पछिल्लो समय निर्णय फेर्दै माफी दिने घोषणा गरेको हो ।

तालिबान नेताले घानीलगायत उच्च पदस्थ व्यक्तिहरू स्वदेश फर्केमा भव्य स्वागत गर्ने पनि बताएका छन् । उता अफगान राष्ट्रपति घानीका भाइ ऐहशमत गनीले तालिबानलाई साथ दिने बताएका छन् ।

तालिबान नेता मुफ्ती महमुद जाकिरको उपस्थितिमा ऐहशमतले तालिबानलाई साथ दिने वचन दिएका हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!