१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

सुनसरी प्रहरीले एकैदिन ८३ फरार प्रतिवादी गर्‍यो पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

ABC (क्राईमबिट)
सुनसरी । जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आ.व. २०७८/०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली वेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

error: Content is protected !!