१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

भारतमा माओवादीले ७ ट्रकमा आगजनी ५ जनाको हत्या

Logo
प्रकाशित शुक्रबार, भाद्र ११, २०७८

भारतको आसाम राज्यको डिमा हसाउ जिल्लामा एउटा आतंकवादी आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार रातिको यस आक्रमणमा माओवादी संगठन डिमासा नेसनल लिबरेसन आर्मी डीएनएलएको सदस्य संलग्न भएको सक्छन्।

अधिकारीहरुका अनुसार यो क्षेत्र वरपर माओवादीले प्रहरी र सेनालाई आक्रमण गर्दै आएका छन्। हाल यो घटनाको अनुसन्धान भइरहेको छ।

बजेदयांगमुख क्षेत्रमा राति साढे ८ बजे आक्रमणकारीले ७ ट्रकमा अन्धाधुन्ध गोली चलाउँदै त्यसमा रहेका चालह र सहचालकसहित ५ जनाको हत्या गरे। अन्य केही व्यक्ति भने ज्यान जोगाउन भागेका कारण बाँचेको बताइएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ब्राजिलका पूर्वफुटबलर फर्वाड रोविन्हो पक्राउ परेका छन् । इटालियन फुटबल क्लब एसी मिलानबाट खेलिरहँदा रोबिन्होमाथि सन् २०१३ मा अल्बानियाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । दुई वर्षअघि त्यहाँको अदालतले उक्त घटनामा रोबिन्होलाई दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको थियो । त्यसयता उनी घरमै नजरबन्दमा थिए । इटालियन सरकारलाई सुपुर्दगी गर्न नसकेपछि […]

श्रीलङ्काको जलसेनाले अवैध रूपमा आफ्नो क्षेत्रमा माछा मारिरहेका २१ भारतीयलाई पक्राउ गरेको छ ।             उत्तरी श्रीलङ्काको डेल्फ्ट टापु नजिकै माछा मारिरहेका भारतीय डुङ्गालाई पिछा गर्दै जाँदा शनिवार राति उनीहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ ।

(एबिसि संचार ) दुई बालबालिकालाई झ्यालबाट बाहिर फालेर हत्या गर्ने दम्पतीलाई चीनमा मृत्युदण्ड दिइएको छ । बालबालिकाका बुबा झाङ बो र यी चेङचेनलाई सन् २०२० मा दुई वर्षीया बालिका र एक वर्षीय बालकको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्ड दिएको जनाइएको छ । समाचारमा जनाइएअनुसार झाङको यीसँग अफेयर थियो र पछि आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद […]