२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

काबुल विमानस्थलमा आक्रमण हुनसक्ने अमेरिकी : चेतावनी

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कोपनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार विमानस्थलमा आक्रमण हुनसक्ने अमेरिकी कमाण्डर र अनुसन्धान एजेन्सीले आफूलाई बताएको बाइडेनले बताएका हुन्। आक्रमणको सम्भावित खतरासँगै अमेरिकाले आफ्ना सबै नागरिकलाई विमानस्थलबाट टाढै रहन निर्देशन दिएको छ।

यो बिचमा बेलायतले भने आफ्ना सम्पूर्ण नागरिक तथा कूटनीतिज्ञ अफगानिस्तानबाट उद्धार गरिसकेको छ। गत बिहीबार साँझ काबुलको एयरपोर्टमा आईएस–के नामक आतंकवादी संगठनले आत्मघाती विस्फोटन गराउँदा १३ अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा अमेरिकाले आईएसको अखडामै ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणमा काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दाबी छ।

बाइडेनले ड्रोन आक्रमणपछि भनेका छन्,‘यो अन्तिम जवाफी कारवाही होइन। जसले पनि काबुल विमानस्थल अगाडि आक्रमण गरेका छन् उनीहरुलाई खोजी–खोजी सजाय दिइनेछ।’ अमेरिकाले शुक्रबार आईएसविरुद्ध गरेको कारवाहीमा तालिबानले भने असन्तुष्टि व्यक्त गरेको छ। हाल तालिबानले अफगानिस्तान कब्जा गरिसकेको छ। यसबीचमा तालिबानले आक्रमण गर्न अगाडि आफूसँग अनुमति लिएको भए हुन्थ्यो भन्दै असन्तुष्टि पोखेको हो।

अमेरिकी सेनाले यतिबेला काबुल छाड्न थालिसकेका छन्। अब काबुलको विमानस्थलमा ४ हजारभन्दा कम अमेरिकी सैनिक भएको बीबीसीले जनाएको छ। गतहप्ता त्यहाँ ५ हजार ८ सय अमेरिकी सेना उद्धारमा खटिएका थिए।

आईएस र तालिबान संगठनबीच मतभेद रहेको बुझिन्छ जसका कारण तालिबानविरुद्ध आईएसले हालै मोर्चा खोलेको घोषणा गरेको थियो। तालिबानले आईएस, अलकायदाजस्ता आतंकवादीलाई आफ्नो देशमा सक्रिय हुन नदिनेभन्दै अमेरिकासँग सम्झौता गरेको छ। आईएसले पुरै मुस्लिम राष्ट्र एक हुनुपर्छ र पश्चिमाविरुद्ध उत्रनुपर्छ भन्ने धारणा राख्दछ। आईएसले सरिया कानुन कडा रुपमा पालना हुनुपर्छ पनि भन्छ।

तर तालिबान अफगानिस्तानको भूमिसँग मात्र सम्बन्धित इस्लामिक समूह हो। हालै तालिबानले अफगानिस्तान कब्जा गरेपछि आईएसले अमेरिकाले छाडेकाले मात्र तालिबान सत्तामा आउन सकेको बताएको थियो। तालिबान र आईएसबीच सम्बन्ध नभएको बताइन्छ तर तालिबानसँग नजिक रहेको हक्कानी नेटवर्क र आईएसको क्षेत्रीय समूह आईएस–केबीच भने सम्बन्ध रहेको बताइन्छ।

यही सम्बन्धका कारण तालिबान र आईएस पनि नजिक भएको अनुमान गरिन्छ। हालै काबुल हमलापछि अफगानिस्तानका विस्थापित उपराष्ट्रपति अमरुल्लाह सलेहले काबुल हमलामा तालिबानकै हात भएको बताएका थिए। सो आक्रमण अमेरिकी सेनालाई लक्षित गर्दै गरिएको थियो। बीबीसी र एजेन्सीको सहयोगमा ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!