१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

काबुल विमानस्थलमा आक्रमण हुनसक्ने अमेरिकी : चेतावनी

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्कोपनि आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार विमानस्थलमा आक्रमण हुनसक्ने अमेरिकी कमाण्डर र अनुसन्धान एजेन्सीले आफूलाई बताएको बाइडेनले बताएका हुन्। आक्रमणको सम्भावित खतरासँगै अमेरिकाले आफ्ना सबै नागरिकलाई विमानस्थलबाट टाढै रहन निर्देशन दिएको छ।

यो बिचमा बेलायतले भने आफ्ना सम्पूर्ण नागरिक तथा कूटनीतिज्ञ अफगानिस्तानबाट उद्धार गरिसकेको छ। गत बिहीबार साँझ काबुलको एयरपोर्टमा आईएस–के नामक आतंकवादी संगठनले आत्मघाती विस्फोटन गराउँदा १३ अमेरिकी सेनासहित १७० जनाको मृत्यु भएको थियो। त्यसको जवाफमा अमेरिकाले आईएसको अखडामै ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणमा काबुल हमलाका योजनाकार मारिएको अमेरिकी दाबी छ।

बाइडेनले ड्रोन आक्रमणपछि भनेका छन्,‘यो अन्तिम जवाफी कारवाही होइन। जसले पनि काबुल विमानस्थल अगाडि आक्रमण गरेका छन् उनीहरुलाई खोजी–खोजी सजाय दिइनेछ।’ अमेरिकाले शुक्रबार आईएसविरुद्ध गरेको कारवाहीमा तालिबानले भने असन्तुष्टि व्यक्त गरेको छ। हाल तालिबानले अफगानिस्तान कब्जा गरिसकेको छ। यसबीचमा तालिबानले आक्रमण गर्न अगाडि आफूसँग अनुमति लिएको भए हुन्थ्यो भन्दै असन्तुष्टि पोखेको हो।

अमेरिकी सेनाले यतिबेला काबुल छाड्न थालिसकेका छन्। अब काबुलको विमानस्थलमा ४ हजारभन्दा कम अमेरिकी सैनिक भएको बीबीसीले जनाएको छ। गतहप्ता त्यहाँ ५ हजार ८ सय अमेरिकी सेना उद्धारमा खटिएका थिए।

आईएस र तालिबान संगठनबीच मतभेद रहेको बुझिन्छ जसका कारण तालिबानविरुद्ध आईएसले हालै मोर्चा खोलेको घोषणा गरेको थियो। तालिबानले आईएस, अलकायदाजस्ता आतंकवादीलाई आफ्नो देशमा सक्रिय हुन नदिनेभन्दै अमेरिकासँग सम्झौता गरेको छ। आईएसले पुरै मुस्लिम राष्ट्र एक हुनुपर्छ र पश्चिमाविरुद्ध उत्रनुपर्छ भन्ने धारणा राख्दछ। आईएसले सरिया कानुन कडा रुपमा पालना हुनुपर्छ पनि भन्छ।

तर तालिबान अफगानिस्तानको भूमिसँग मात्र सम्बन्धित इस्लामिक समूह हो। हालै तालिबानले अफगानिस्तान कब्जा गरेपछि आईएसले अमेरिकाले छाडेकाले मात्र तालिबान सत्तामा आउन सकेको बताएको थियो। तालिबान र आईएसबीच सम्बन्ध नभएको बताइन्छ तर तालिबानसँग नजिक रहेको हक्कानी नेटवर्क र आईएसको क्षेत्रीय समूह आईएस–केबीच भने सम्बन्ध रहेको बताइन्छ।

यही सम्बन्धका कारण तालिबान र आईएस पनि नजिक भएको अनुमान गरिन्छ। हालै काबुल हमलापछि अफगानिस्तानका विस्थापित उपराष्ट्रपति अमरुल्लाह सलेहले काबुल हमलामा तालिबानकै हात भएको बताएका थिए। सो आक्रमण अमेरिकी सेनालाई लक्षित गर्दै गरिएको थियो। बीबीसी र एजेन्सीको सहयोगमा ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!