२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

९ करोडको कोकिनसहित ३ जना विदेशी नागरिक काठमाडौमा पक्राउ

Logo
प्रकाशित सोमबार, भाद्र १४, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । २ किलो ९६६ ग्राम अवैध लागूऔषध कोकिनसहित उक्त कारोबारमा संलग्न रहेको अभियोगमा ३ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राहदानी नम्बर ए०९२६७५१३ बाहक साउथ अफ्रिकन नागरिक ३० वर्षीया शेर्ली गामा, भारत बैङ्लोर किडाथी कर्नाटक ठेगाना भएका ३३ वर्षीय विजय सिंह र राहदानी नम्बर टिएइ २५५९८१ बाहक तान्जेनियाका नागरिक २६ वर्षीया गेर्तुदे लियोनार्ड किमारो रहेका छन् ।

कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौं आएकी गामाले लागूऔषध कोकिन निकासी गर्दै गरेको अवस्थामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१ कमलादीस्थित होटलबाट सोही दिन राति उक्त कोकिन सहित पक्राउ गरेको थियो । साथै विजयलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट तथा उक्त कारोबारमा संलग्न किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुली खुर्कोटबाट भदौ ९ गते पक्राउ गरेको हो ।

बरामद कोकिनको अवैध बजार मूल्य ८ करोड ८९ लाख ८० हजार रुपैयाँ रहेको र उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]