२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बिदेश गएका २० नेपालीको शव र अस्तुु नेपाल ल्याइयो

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८


(ABC-Sanchar)
काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ ।
बोर्डका अनुसार कोभिड–१९ पछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृत्यु हुनेको अस्तुुमात्रै ल्याइएको छ भने अन्य कारणले मृत्यु भएका श्रमिकको शव नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले जानकारी दिनुभयो ।
विमानस्थलमा आइपुगेका आठवटा शवमध्ये एक शव बौद्ध धर्म मान्ने भएकाले काठमाडौँको बौद्धमा पु-याइएको छ । सातवटा शव शनिबार नै मृतकको घरसम्म पठाइएको छ । विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु-याउने गरेको छ । शवसँगै आएका अस्तुु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर बुझ्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
मलेसियामा उडान भर्ने अन्य एयरलाइन्सले शव नल्याउने र नेपाल एयरलाइन्सको वाइडबडी नियमित रूपमा मलेसिया नजाने भएकाले नेपालीको शव लामो समयसम्म मलेसियामै रहने गरेको जनाइएको छ ।
मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार गएको अगस्टमा मात्रै मलेसियामा ११२ जना नेपालीको मृत्यु भएको छ । त्यसमध्ये ९६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । हृदयाघात, सवारी दुर्घटना, मदिरा सेवन, शरीरमा जटिल रोगले १६ जना नेपालीको मृत्यु भएको जनाइएको छ । सीता शर्माबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]