२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

राष्ट्रपतिलाई प्राङ्क गर्ने युबटुबरलाई मुद्दा र जेल हुन्छ : कानूनविद

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

 

काठमाडौं । सेप्टेम्बर ७ को बिहानै युट्युबमा एउटा भिडियो अपलोड भयो । ८ मिनेट ३७ सेकेण्डको भिडियोमा समीर नाम गरेका एक किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राष्ट्रपतिमाथि ‘प्राङ्क’ ! कानूनविद भन्छन्– मुद्दा चलाउन मिल्छ गरेको दाबी गरेका छन् । उक्त भिडियोको सुरुवातमै किशोरले भिडियोलाई रमाइलोका रुपमा मात्रै लिनुहोला भनेका छन् ।

 

तर, प्राङ्क भनिएको भिडियो रमाइलोमा मात्रै सीमित छैन । किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील मजाक गरिएको छ ।

भिडियोको थमनेलमै एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखेर उनको भनाई भन्दै पुलिस केस गर्छु तँलाई भन्ने राखिएको छ भने दायाँतर्फ किशोरको प्रश्नका रुपमा ‘केपी ओलीसँग जोडेर प्रश्न गरिएको छ र त्यसैको थमनेलको प्रयोग गरिएको छ ।

८ मिनेट ३७ सेकेण्डको भिडियोमा विद्यादेवी भण्डारी भन्दै महिलाको जस्तो सुनिने आवाजमा प्राङ्क गरिएको छ । १ मिनेटबाट राष्ट्रपतिलाई फोन गरिएको जस्तो देखाइन्छ । सुरुमा फोन गएको रिङ ब्याक टोन बजाइन्छ र १ मिनेट २९ सेकेण्डमा उताको फोन उठेको देखिन्छ । त्यसपछि सुरुमै किशोरले विद्यादेवी भण्डारी बोलीराख्नु भा’छ भन्दै प्रश्न गर्छन् । यता, विद्यादेवी भण्डारी नै बालिराछु भन्नुहोस् भन्दै उत्तर आउँछ ।

अनि किशोरले आफू पोखराबाट पत्रकार बोलेको भन्दै सुनाउँछन् । महिलाको जस्तो सुनिने आवाजमा पोखराबाट पत्रकार बोल्दै हुनुहुन्छ भन्दै प्रश्न गरिन्छ । अनि किशोरले आफू पोखराबाट पत्रकार नै बोलेको जवाफ दिन्छन् । त्यसपछि किशोरले सुरुमै महङ्गो गलैंचा र २५ करोडको कारको कुरा के हो भनेर सोध्छन् ।

उताबाट त्यो हल्लामात्रै भएको र त्यसमा कुनै सत्यता नभएको जवाफ आउँछ । अनि तपाइँ को बोलेको भनेर फेरि प्रश्न गरिन्छ । त्यसपछि किशोरले आफू समीर पत्रकार भएको बताउँछन् । अनि फेरि किशोरले २५ करोडकै कारको प्रश्न गर्छन् र त्यसको जवाफमा त्यो सबै हावा कुरा भएको र ट्रोल मात्रै बनाइएको जवाफ आउँछ ।

कुराकानीकै क्रममा किशोरले विद्यादेवी भण्डारीलाई तपाई र केपी ओलीको सम्बन्ध गाढा छ भन्ने सुनिन्छ के हो ? भनी प्रश्न गर्छन् । जवाफमा महिलाको जस्तो सुनिने आवाजबाट आफू राष्ट्रपति भएको र केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति र प्रधानमन्त्रीले गर्नुपर्ने कुराहरु, सर सल्लाह आदिका कारण भेटघाट भइरहने भएकाले उहाँ (केपी ओली) आफूसँग नजिक भएको जवाफ आउँछ । त्यसै कारणले मानिसहरुले नराम्रो ट्रोल बनाएको कुरा उताबाट आउँछ । अनि यी कुराहरुलाई बिर्सिदिउँ भन्दै जवाफ आउँछ ।

तर, किशोरले फेरि प्रश्न गर्छन्, ‘बिर्सिदिउँ भन्दा पनि तपाईँ र ….बीच गाढै सम्बन्ध छ भन्ने कुरा आइराथ्यो, त्यही भएर’ … । त्यसपछि उताबाट जवाफ आउँछ, ‘उहाँलाई म सम्मान गर्छु, उहाँ प्रधानमन्त्री जस्तो मान्छे । उहाँलाई म दाइजस्तो मान्छु भनेर प्रतिक्रिया आउँछ । त्यसपछि फेरि किशोरले सोध्छन् कि के तपाई दाइ सोच्नुहुन्छ भनेपछि …?

उताबाट फेरि दाइ नै सोच्छु भनेर उत्तर आउँछ । त्यसपछि किशोरले अर्को प्रश्न गर्छन् कि तपाईले दाइ भन्दाखेरि केपी ओली जी लाई हर्ट होला नि ? त्यसपछि उताबाट जवाफ आउँछ, ‘कस्तो कुरा गर्नुहुन्छ तपाईँ पत्रकार साथी भएर ?’ फेरि किशोरले तपाइँले दाइ भन्दा केपी ओली जीलाई मन दुख्न सक्छ भनेर …’ भन्दै प्रश्न गरेका छन् ।

अनि तपाइँले त्यही प्रश्न सोध्नका लागि तपाईले फोन गर्नुभएको हो भने फोन राखिदिनुहोला धन्यवाद भन्दै फोन राखिन्छ । त्यसपछि फेरि किशोरले सम्पर्क गर्छन् र एउटा रमाइलो प्रयांक भिडियो बनाउन लागेको बताउँछन् । उताबाट रमाइलो कोसँग गर्ने, त्यो कुरा सोचेर मात्रै फोन गर्नुहोस् भन्ने जवाफ आउँछ । भिडियोको अन्तिममा राष्ट्रपति भन्दै कुरा गर्ने व्यक्ति सुदिप भएको बताइन्छ र यो भिडियोले दर्शकलाई प्राङ्क गरेको दाबी गरिन्छ ।

यो त भयो भिडियोको कुरा ।

अब प्रश्नचाहिँ प्राङ्क कोसँग कसरी गर्न पाउने, राष्ट्रपति मजाकको पात्र हुन् कि होइनन् भन्ने विषयमा कुरा गरौं ।

राष्ट्रपति हेड अफ स्टेट अर्थात् राष्ट्र प्रमुख हुन् र संविधानको संरक्षक पनि हुन् । राष्ट्र प्रमुखमाथि प्रयांक वा राष्ट्रप्रमुखको नाममा क्यारिकेचर गरेर बनाइने भिडियो वा असभ्य शब्दावलीको प्रयोगलाई रमाइलोकै रुपमा लिन मिल्ला ? के राष्ट्रपति मजाककै पात्र हुन् त ?

यस सम्बन्धमा मंगलबार साँझ राष्ट्रपति कार्यालयका अधिकारीसँग कुराकानी गर्दा भिडियोमा गम्भीर आपत्ति रहेको र यस सम्बन्धमा भोलि (बुधबार) छलफल गरेर एक्सन लिने बताएका थिए । तर, बिहीबार साँझ सम्पर्क गर्दा पनि राष्ट्रपति कार्यालयले यो भिडियोबारे अध्ययन गरिरहेको भन्दै के गर्ने भनेर छलफल भइरहेको बताए । यद्यपि भिडियोप्रति आपत्ति रहेको ती अधिकारीले बताए ।

सरकारले मुद्दा चलाउन मिल्छ ः अधिवक्ता टीकाराम भट्टराई

यस सम्बन्धमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई यो अपराध भएको भन्दै प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको राय लिएर मुद्दा चलाउनुपर्ने बताउँछन् । रातोपाटीसँग सक्षिप्त कुराकानी गर्दै अधिवक्ता भट्टराईले राष्ट्रपति मात्रै नभएर सामान्य नागरिक विरुद्ध पनि अफवाह फैलिने, निराधार र झुट्टा आरोप लाग्ने सामग्री प्रकाशन वा विद्युतीय माध्यमबाट प्रसारण गरेपनि त्यो वैयक्तिक स्वतन्त्रताको विरुद्धमा हुने भएकाले कारवाही हुने बताए ।

भट्टराईले भने, ‘राष्ट्रपति मात्रै होइन, कुनै नागरिकका विरुद्धमा पनि अफवाह फैलिने प्रकृतिका, निराधार, झुट्टा आरोप लगाएर विद्युतीय माध्यमबाट प्रसारण गर्न पाइँदैन । कुनैपनि नागरिकका विरुद्धमा पाइँदैन, त्यो संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको विरुद्धमा हुन्छ । संविधानले प्रत्येक व्यक्तिको जिउ धन, आवास र शरीरको अनतिक्रम्य हुनेछ भनी उल्लेख गरेको छ । त्यसकारण त्यो अनतिक्रम्य हुनेछ र त्यो व्यक्तिका विरुद्धमा पनि गर्न पाइँदैन ।
स्रोत रातो पाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]