१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सरकारी कागज छाप किर्ते मुद्दाका फरार प्रतिवादी ३ वर्षपछि पक्राउ

Logo
प्रकाशित शुक्रबार, भाद्र २५, २०७८

(रवि वर्णवाल)
बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ बस्ने ४८ वर्षीय मदन मिश्रलाई इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालतले २०७५ भदौ १५ गते १ वर्ष कैद र १ करोड २५ लाख जरीवाना तोकेदेखि फरार रहेका मिश्र आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा पर्सागढी नगरपालिका वडा नम्बर २ बागवानाबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका मिश्रलाई शुक्रवार नै जिल्ला अदालतमा बुझाइने पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!