१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङमा एक किशोरीमाथि सामुहिक बलात्कार,३ आरोपीहरु पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८


ABC (क्राईमबिट)
दाङ । बंगलाचुली गाउँपालिकामा एक किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्की रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द्र प्रशाद रिजालले जानकारी दिए ।

स्थानीय एक १७ बर्षीया किशोरीलाई यी तीन जना मिलेर राति जंगलमा सामुहिक बलात्कार गरेको उजुरीका आधारमा तीन जनालाई पक्राउ गरि आवश्यक कानुनी कारबाही सुरु गरेको डिएसपी रिजालले बताए ।

बुधबार गाउँमा साँझ तीजको नाच हेर्न गएकी ती किशोरी बिहीबार बिहान २ बजेतिर नाच हेरेर एक्लै एक्लाबर नजिक जंगलको बाटो हुँदै घर फर्किने क्रममा सामुहिक बलात्कारमा परेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् ।

बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरुलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए ।

पीडित किशोरी प्रहरीको महिला सेलमा राखेर मनोपरामर्ष तथा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको उजुरीको आधारमा आरोपित ब्यक्रिहरुका बिरुद्ध कनुनी कारबाहीको प्रक्रिया अगाडि बढी सकेको डिएसपी रिजालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!