२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

जिल्ला प्रहरी रौतहट एसपीको जिम्मेवारी विनोद घिमिरेले पाए

Logo
प्रकाशित मंगलबार, भाद्र २९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेलाई दिएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत एसपी घिमिरेलाई रौतहट प्रहरी प्रमुखमा खटाउने निर्णय गरेका हुन् ।

यसअगाडि रौतहट प्रहरी प्रमुख रहेका एसपी सिद्धिबिक्रम शाह विवादमा तानिएपछी प्रहरी मुख्यालयले उनलाई कारबाहीस्वरुप फिर्ता गरेको थियो ।

शाह तानिएपछी रौतहट प्रहरी प्रमुखको कमाण्ड डीएसपी नारायण प्रसाद चिमोरियाले सम्हाल्दै आएका थिए । प्रहरी मुख्यालयले सोमबार मात्रै मध्य तराईको चुनौतीपूर्ण जिल्ला मानिने रौतहटमा एसपी घिमिरेलाई खटाउने निर्णय गरेको हो ।

एसपी घिमिरे नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् । एसपी हुँदा जिल्ला प्रहरी कार्यालय कैलाली र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयको सफल कमाण्ड गरेका घिमिरेले डीएसपीको रुपमा डडेल्धुराको सफल कमाण्ड गरेर बिदा हुँदा २६ किलोको मालासहित नागरिक सम्मान पाएका थिए ।

डीएसपी हुँदा महानगरीय प्रहरी बृत्त जनसेवा काठमाडौंको प्रमुख तथा डीएसपीकै दर्जामा जिल्ला प्रहरी कार्यालय बाँकेमा समेत काम गरिसकेका उनी अपराध अनुसन्धान र कमान्ड कन्ट्रोलमा समेत पोख्त छन् । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]