२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

Logo
प्रकाशित बिहिबार, भाद्र ३१, २०७८

 

काठमाडौँ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ। गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर सरुवा गरिएको छ भने गृहका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ। गृहका सहसचिव शंकरहरि आचार्यलाई गोरखा पठाइएको छ। मोरङका सिडिओ कोशहरि निरौलालाई गृहमा ल्याइएको छ। गृहका अर्का सहसचिव दीपककुमार पहाडीलाई रामेछाप तथा नूरहरि खतिवडालाई संखुवासभाको सिडिओमा पठाइएको छ।
संखुवासभाका सिडिओ टेकनारायण पौडेललार्ई गृहमा ल्याइएको छ। गृहका अर्का सहसचिव टेकराज निरौलालाई दोलखाको सिडिओमा पठाइएको छ भने दोलखाका सिडिओ वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ। रूपन्देहीका आस्मान तामाङलाई चितवनको सिडिओमा सरुवा गरिएको छ भने गृहका सहसचिव कृष्णप्रसाद लम्साललाई धादिङको सिडिओमा सरुवा गरिएको छ। गृहका सहसचिव वीरेन्द्रकुमार यादवलाई उदयपुर र अर्का सहसचिव ऋषिराम तिवारीलाई रूपन्देहीको सिडिओमा पठाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]