२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

दाङ प्रहरीको ठुलो सफलता ५० लाख बार्गेनिङ गर्ने ३ जना महिला पक्राउ

Logo
प्रकाशित आइतबार, आश्विन ०३, २०७८


(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बार्गेनिङ गर्ने ३ जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
घोराही १५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवर्तन) गरेका व्यवसायीलाई असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हातपात गरेको भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।एसपी काफ्लेका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी ३२ वर्षीय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षीया खुमा वली र ३२ वर्षीय सुष्मा परियार रहेका छन् ।
‘पक्राउ परेका मध्य सितादेवी थाप र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्धा छ, तपाई कानुन जानेको मान्छे भनी घोराही–१५ मा रहेको कोहिनून रेष्टुरेन्टमा बोलाएका रहिछन्’ –पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने–‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन । त्यसपछि ती पुरुषलाई तथानाम गाली गलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन् ।’
त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनु पर्यो नत्र प्रहरीमा उजुरी हाल्छौ भनी डर त्रास देखाई ५० लाख रुपैयाको माग गरेको र अन्त्यमा एक लाख रुपैया नगद र १७ लाख रुपैयाको सिभिल बैंकको चेकमा जवरजस्ती दस्तखत गराई लिइसकेको अवस्थामा प्रहरीले शनिबार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!