२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट इन्स्पेक्टर दिवाकर रिजाल प्रहरी घोषित

Logo
प्रकाशित शनिबार, आश्विन ०९, २०७८


ABC (क्राईमबिट)
वुटवल । ईलाका प्रहरी कार्यालय सालझण्डी, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर रिजाल भदौ महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इन्स्पेक्टर रिजालसहित तीन जना प्रहरीलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा ईलाका प्रहरी कार्यालय धकधई, रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठ र प्रहरी चौकी पिप्रहवा, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्र रावल रहेका छन् ।

इन्स्पेक्टर रिजालसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]