२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बर्दिया प्रहरीले दशैलाई मध्यनजर गर्दै मठमन्दिरहरुको सरसफाई सुरु

Logo
प्रकाशित शुक्रबार, आश्विन २२, २०७८

  1. ABC (क्राईमबिट)
    बर्दिया । विजया दशमीलाई मध्यनजर गरी प्रहरीले जिल्ला स्थित रहेका मठमन्दिरको सरसफाई गरेका छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरुबाट प्रहरी टोली खटि मठमन्दिरको सफाई गरेका हुन् । प्रहरीले सुरक्षा दिनुका साथै धार्मिक काममा चासो देखाएको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले गुलरिया नगरपालिका–४ स्थित रहेको कोटही मन्दिरको परिसर सरसफाई गरेको छ । प्रहरीले बुधबार गुलरिया नगरपालिका–७ स्थित बंगलामुखी मन्दिरको परिसर सफाई गरेको थियो ।

हिन्दुहरुको महान् चाडमा प्राय मठमन्दिरमा पुजाअजा गर्ने भक्तजनको चहल पहल बढेको छ । त्यसै गरी ईलाका प्रहरी बानियाभारको प्रहरी टोलिले बारबर्दिया नगरपालिका–३ स्थित रहेको शिव मन्दिर, ईलाका प्रहरी कार्यालय मोतिपुरको टोलिले बाँसगढी नगरपालिका–३ मा रहेको केदारेश्वर धाम, ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाको टोलिले मधुबन नगरपालिका– ८ स्थित रहेको बिजय कालिका मन्दिर र प्रहरी चौकी धनौराको टोलिले मधुबन नगरपालिका–३ स्थित रहेको बालकुमारी मन्दिर परिसर सरसफाई गरेको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]