२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिरगंजको घण्टाघरमा बिग्रेको घडी पुनः सञ्चालनमा

Logo
प्रकाशित बिहिबार, कार्तिक १८, २०७८

(रवि वर्णवाल)
वीरगन्ज । नेपालकै ठुलो आर्थिक राजधानीका रूपमा स्थापित वीरगन्ज बजारमा अवस्थित घण्टाघरको घडी पुनः सञ्चालनमा आएको छ ।

विगत छ वर्षदेखि बिग्रिएको अवस्थामा रहेको घण्टाघरको घडी वीरगन्ज महानगरपालिकाको पहलमा मर्मत सम्भारपश्चात् पुनः सञ्चालनमा आएको हो ।

महानगरपालिकाले घण्टाघरस्थित घडीको मर्मत सम्भार गरेर घडी पुनः सञ्चालनमा ल्याएको महानगर प्रमुख विजयकुमार सरावगीले बताए।

साथै आगामी दिनमा घण्टाघरको व्यवस्थापन गर्ने जिम्मा वीरगन्ज महानगरपालिकाले नै लिने भएको हो । घण्टाघर व्यवस्थापनका लागि महानगरपालिकाले चालु आव ०७८/०७९ मा रु ५० लाख बजेटसमेत विनियोजन गरेको जनाइएको छ ।

वीरगन्जको पहिचानका रूपमा परिचित घण्टाघर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो । धेरैको जमघट गर्ने स्थल पनि घण्टाघर नै हो । त्यही घण्टाघरको घडी लामो समयदेखि बिग्रिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]