२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालमा एस.एस.वि.प्रवेशको विषयमा भारतको ध्यानाकर्षण सुरक्षा निकायहरुको निरिक्षण

Logo
प्रकाशित मंगलबार, कार्तिक २३, २०७८

ABC (क्राईमबिट)
नवलपरासी । सुस्तामा भारतीय सिमा सुरक्षा बल एस.एस्.वि. अनाधिकृत रुपमा प्रवेश गरेको विषयमा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भारतको ध्यानआर्कषण गराउनुभएको छ ।

भरतीय समकक्षी पश्चिम चम्पारनका डिस्ट्रिक म्याजिस्ट्रेट (जिल्लाधिकारी) कुन्दन कुमारसँग टेलिफोनमा संवाद गरेको मिश्रले रेडियो परासीलाई जानकारी दिनुभयो । सुस्ताको स्थलगत निरिक्षण पछि फर्किएर मंगलबार अबेर मिश्रले कुन्दन कुमारसँग टेलिफोन संवाद गर्दै आनाधिकृत नेपाल प्रवेशको विषयमा जिज्ञासा राख्नुभएको थियो ।

भारतीय सिमा सुरक्षा बल नेपाली क्षेत्रमा बिना जानकारी हतियार सहित आएको पाईयो यस्ले दुई देशकै सम्बन्धमै असर पुर्याउने भएकाले यस विषयमा ध्यानआर्कषण गराएको उहाँले बताउनुभयो । जवाफमा कुन्दन कुमारले आफुले यस विषयलाई गम्भिर रुपमा लिएको र तत्कालै जानकारी लिने त्यस्तो कार्य हुन नदिने बताएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

आईतबार दिउसो भारतीय सिमा सुरक्षा बल एस.एस.वि.हतियार सहित नेपाली भुमिमा प्रवेश गरी नापजाँच गरेको थियो । नारायणी पारीको सुस्ताको भारतले विवादित भनेर जोतभोग गर्न नदिएको क्षेत्रमा एस.एस.वि.प्रवेश गरेको हो । त्यस लगत्तै सुस्ता गाँउपालिका अध्यक्ष रामप्रसाद पाण्डे सहित, प्रमुख जिल्ला अधिकारी मिश्र, प्रहरी उपरिक्षक मनोज कुमार यादव, शसस्त्र प्रहरी उपरिक्षक महेश अधिकारी सहितको टोली सुस्ता पुगेर स्थलगत निरिक्षण गरेको थियो ।

टोलीले सुस्तामा ड्रोन उडाएको पुष्टि हुन नसकेको बताउँदै भारतिय सुरक्षाकर्मी अनाधिकृत रुपमा प्रवेश गरेको बताएको छ । यस विषयमा माथिल्लो निकायमा जानकारी गराईएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो ।

भारतले विवादित भनिएको भुमि आफ्नो पक्षमा पार्न पटक–पटक नापजाँच गर्दै आएको अनुभुति भएको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो । लालपुर्जा सहितको भुमि विवादित भनेर उपयोग गर्न नदिनु दुखद भएको बताउँदै सरकार यस विषयमा गम्भिर बन्न नसकेको सुस्ता गाँउपालिका अध्यक्ष रामप्रसाद पाण्डेले गुनासो गर्नुभयो । भारतले विवादित भनेर जोतभोग गर्न नदिएको जमिनमा नेपालीको लालपूर्जा रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]