०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २४, २०७८

(रवि वर्णवाल)
पर्सा । वीरगञ्‍जमहानगरपालिका १५ नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको ना२९प ६७९० नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका १५ भीष्वाका २२ वर्षीय सुरज सहनी र सुजित सहनी रहेका छन्। उनीहरुले १८० सीसीको पल्सर मोटरसाइलक चोरी गर्दैगर्दा अस्पतालका सेक्यूरिटी गार्डले देखेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरुमाथि चोरीसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता ओमप्रकाश खनालले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!