१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

झापा प्रहरीले लागुऔषध सहित १ जना तस्करी पक्राउ खुलेआम पसलहरुमा बिक्री

Logo
प्रकाशित बिहिबार, मंसिर ०९, २०७८


ABC (क्राईमबिट)
दमक । पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ। खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो।

जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता नियन्त्रण हुने क्रम बढ्दै गएपछि लागुऔषधको त्यस्तो अवस्था बाहिर आएको हो।

सरकारको ऐन तथा नीतिलाई लत्याउँदै कतिपय औषधि पसलमा समेत त्यस्ता प्रतिबन्धित लागुऔषध बिक्री वितरण भइरहेको बताइएको छ।

सरकारले तोकेका मापदण्डविपरीत औषधि व्यवसायीले खुलेआम लागुपदार्थ बिक्री वितरण गरिरहेका कारण पनि समस्या बन्दैगएको पाइएको छ।

लागुऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाले झापा प्रहरी आक्रमक शैलीमा लागुऔषध कारोबारी पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ। लागुऔषध ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी समस्याका रुपमा रहेको लागुऔषध प्रयोग र कारोबार झापामा पनि जटिल बन्दै गएको प्रहरी अधिकारीको दाबी छ। लागुऔषध प्रयोग गरेका कारण पनि जिल्लाको शान्ति सुरक्षामा समेत नकारात्मक असर परिरहेको प्रहरीले जनाएको छ। बाहिरी देशमा सङ्गठित र सक्रिय गिरोहको सञ्जालले गर्दा पनि नियन्त्रण कार्य चुनौतीपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वी काँकडभिट्टा र दक्षिणी गौरीगञ्ज भारतीय नाकाबाट बढीजसो लागुऔषध जिल्लामा भित्रिने गरेको छ। त्यो नाकाहुँदै कारोवारीले जिल्लाको सहरी क्षेत्र धुलाबारी, चारआली, बिर्तामोड, भद्रपुर, दमकलगायतका क्षेत्रमा पुर्याउने गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार खुला सीमाका कारण नेपाल र भारतको स्थलमार्ग हुँदै ठूलो परिणाममा लागुऔषध ओसारपसार हुने गरेको छ। भारतबाट ब्राउन सुगर, हेरोइन, कोकिनलगायत लागुऔषध नेपाल आउने गरेको पाइएको छ। नेपालबाट गाँजा, चरेस र अफिम ठूलो परिणाममा भारततर्फ तस्करी हुनेगर्छ।

सङ्गठित रुपमा हुने लागुऔषध तस्करी रोक्न प्रहरीले प्रयास गर्दै आए पनि सफल हुनसकेको छैन। तस्कर समूहले विभिन्न उपाय लगाएर लागूऔषधको कारोबार गरिरहेको र त्यसलाई नियन्त्रण गर्न प्रहरी परिचालित भइरहेको उहाँको भनाइ छ। झापा जिल्लामा गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालू आर्थिक वर्ष २०७७/७८ को मङ्सिरसम्म लागुऔषधका मुद्दा ६५ दशमलव ७ प्रतिशतले वृद्घि भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७ देखि २०७८ मङ्सिरसम्म ७९० लागुऔषध कारोबारी पक्राउ परेका छन्। गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी कसुरमा प्रहरीले १८२ जनालाई पक्राउ गरेको थियो। अघिल्लो आर्थिक वर्षमा लागुऔषध सम्बन्धीका ११८ मुद्दा दर्ता भएका थिए। तर चालू आर्थिक वर्षको यो अवधिमा लागुऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा बढेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अधिकांश १४ देखि ४० वर्ष उमेरसम्मका छन्। उनीहरूले शरीरका विभिन्न भागमा लागुऔषध लुकाएर ल्याएका थिए। पक्राउ पर्नेहरूमध्ये अधिकांशले आफू भरिया भएको बताउँछन्। लागुऔषध सीमा कटाएबापत रु एक हजारदेखि १० हजारसम्म ज्याला पाउने उनीहरू बताउँछन्।

लागुऔषध प्रयोगकर्ताहरूका अनुसार नेपाल–भारत चल्ने बस, सहज रूपमा सीमावारपार गर्ने रिक्सा, मोटरसाइकल, मालवाहक ट्रक र बाह्रैमास किनमेलका लागि काँकडभिट्टा र गौरीगञ्ज बजार जाने नेपालीको भीडबाट प्रहरीको आँखा छल्न सहज हुने लागूऔषध मुद्दामा जेलजीवन काटिरहेका एक युवा बताउँछन्।

जहिल्यै भीडभाड हुने मुख्य नाका र त्यसवरपर नेपाल प्रहरीको निगरानी कम पुग्दा लागुऔषध तस्करले खेतबाट रातसाँझको समयमा समेत लागुऔषध नेपाल भित्रियाउने उहाँले बताउनुभयो।

काँकडभिट्टा र गौरीगञ्जमा रु डेढ सयदेखि दुई सय पर्ने लागुऔषध काठमाडौं, चितवन र पोखरा पु¥याउँदा रु एक हजारदेखि तीन हजारसम्म प्रतिडोज मूल्य पर्ने भएकाले तस्करहरू यस नाकातर्फ पल्किएको ती युवाको भनाइ छ।

लागुओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन्। प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना भेटिँदैनन्।

विदेशी नागरिकले लागुऔषध नेपालको सीमानासम्म ल्याइदिने र त्यहाँबाट भने नेपालीले लागुऔषध स्थानीयस्तरमा पु¥याउने गरेको पाइएको छ। जसकाकारण मुख्य कारोबारी पक्राउ गर्न हम्मेहम्मे पर्ने गरेको प्रहरीको भनाइ छ। त्यसो त नेपालमा प्रतिबन्धित लागुऔषध भारतीय बजारमा सहजै खरिद गर्न पाउने भएकाले पनि नेपाली प्रयोगकर्ताका लागि भारतीय बजार रोजाइँमा पर्ने गरेका प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो।

लागुऔषधको कारोबार तथा प्रयोगकर्ता घटाउन सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले काम गरिआएपनि झापामा भने खासै प्रभावकारी बन्न नसकेको सरोकारवालाले बताउँछन्। झापामा एक दर्जन बढी गैरसरकारी संस्थाले जिल्लाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिआएका छन्। त्यतिकै सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताका लागि सुधार केन्द्र सञ्चालनमा छन्।

सरकारी तथ्याङ्कका अनुसार अहिले देशभर लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दुई लाखभन्दा बढी रहेको छ। पुरुषको सङ्ख्या बढी भए पनि महिला पनि लागुऔषध कारोबारमा सक्रिय रहेको बताइएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!