१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पाकिस्तानी र तालिवान बीच युद्धविरामको घोषणा अन्तर्गत सदस्यहरू मुक्त

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८


(ABC-Sanchar)
काठमाडौं । अधिकारीहरूले १०० जनासम्म पाकिस्तानी तालिवान कैदीलाई रिहा गरेको बिहीबार दुवै पक्षले जनाएको छ।

अफगान तालिबानसँग साझा इतिहास बाँड्ने छुट्टै आन्दोलन तेहेरेक–ए–तालिबान पाकिस्तान (टीटीपी)ले सन् २००७ मा गठन भएपछि पाकिस्तानमा गरेका गतिविधिका कारण देशलाई हिंसाको बाटोमा तरङ्गित बनाएको थियो।

यस सशस्त्र आन्दोलनलाई दमन गरेको सात वर्षपछि इस्लामाबादले सीमापारि अफगान तालिबानको विजयसँग सम्बन्धित टीटीपी पुनरागमनको प्रभाव आफ्नो भूमीमा नमौलाओस भन्ने चाहन्छ र द्वन्द्वको कुटनीतिक समाधान गर्ने प्रयास गरिरहेको छ ।

दुवै पक्ष वार्तामा जुटेका छन् । डिसेम्बर ९ मा अन्त्य हुन लागेको एक महिने वार्ता अवधि विस्तार भएको टीटीपी स्रोतले बताएको छ ।

टीटीपी सक्रिय रहेको अफगान सीमा नजिकैको दुर्गम जनजातीय क्षेत्र नजिकैको शहर पेशावरमा बसोबास गर्ने एक सरकारी अधिकारीले भने, “गत १० देखि १५ दिनमा १०० जनासम्म तालिबान लडाकुहरू मुक्त भएका छन्, तिनीहरू निम्न स्तरीय लडाकूहरू हुन् र तिनीहरू अवलोकनमा रहनेछन्।”

शहरका एक सुरक्षा अधिकारीले पनि उत्तरपश्चिमी खबर पख्तुनख्वा प्रान्तका विभिन्न जेलहरूबाट मुक्त भएको पुष्टि गरे र उनीहरूलाई अफगानिस्तान स्थानान्तरण नगरिने बताए । पूर्वी अफगानिस्तानमा बसोबास गर्ने तालिबानका एक वरिष्ठ कमान्डरले एएफपीलाई विश्वास बढाउने उपायको रूपमा उनीहरूको भना महत्वपूर्ण भएको बताए ।

“टीटीपी नेतृत्वले अनिश्चित कालसम्म युद्धविराम बढाउन आफ्नो समूह इच्छुक रहेको छ,” पाकिस्तानी तालिबान कमान्डरले एएफपीसँग फोनमा गरेको सम्वादमा बताए। एएफपीसँग कुरा गर्ने दुई सरकारी अधिकारीहरूले पनि यस सहमतिलाई विस्तार गर्ने पुष्टि गरे।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सन् २०१४ पछि पहिलो पटक सरकारले टीटीपीसँग वार्ता गरिरहेको घोषणा अक्टोबरमा गर्नुभएको थियो । यसका लागि अगस्तमा सत्ता कब्जा गरेको अफगानिस्तानका तालिवानका उदीयमान नेताहरूले मध्यस्थता गरेका थिए।

यस वार्ताले पाकिस्तान भित्रका धेरैलाई सर्वसाधारणले विद्यालय, होटल, चर्च र बजारलगायतका स्थानमा भएका क्रुर आक्रमणहरू सम्झँदै सरकारी प्रयासको आलोचना पनि गरेका छन् । आन्दोलनमा करिब ७० हजार मानिसहरूको ज्यान गएको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!