१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

मेक्सिकोमा सडक दुर्घटना हुँदा ५३ आप्रवासीहरुको मृत्यु

Logo
प्रकाशित शुक्रबार, मंसिर २४, २०७८

(ABC-Sanchar)
मेक्सिको । मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो।

प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ।

अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्, स्थानीय कार्यालयले जनाएको छ ।

आप्रवासीहरू ट्रकमा ठोक्किँदा उक्त दुर्घटना भएको नागरिक सुरक्षा अधिकारीहरूले पत्रकारहरूलाई भनेका छन् ।

बाँचेकाहरूको बयान अनुसार, तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्, लुइस म्यानुएल गार्सियाले भने।

चालकले गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय टेलिभिजनहरूले ठुलो सङ्ख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् । साथै घाइतेहरू उपचारको पर्खाइमा छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!