०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

पाकिस्तानको राजधानी बैंकभित्र विष्फोट १४ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, पुष ०४, २०७८


(ABC-Sanchar)
काठमाडौं । पाकिस्तानको आर्थिक राजधानी कराचीमा एक निजी बैंकको शाखाभित्र भएको भयानक विष्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ठूलो संख्यामा अन्य व्यक्तिहरु घाइते भएको बताइएको छ । कराची पुलिसका एडिशनल आइजी गुलाम नबी मेमनका अनुसार विष्फोट बैंकको भवनमुनि रहेको ग्यास पाइपलाइनमा चुहावटका कारण भएको आशंका गरिएको छ ।

यद्यपि एडिशनल आइजी मेमनले विष्फोटको वास्तविक कारण केवल विशेषत्रले बताउन सक्ने बताए । सिंध प्रान्तका स्वास्थ्य मन्त्रीका अनुसार यो घटनामा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । उनले भने ‘यो घटना ठूलो त्रासदी हो । मृतकहरु र घायलहरुलाई कराची सिभिल अस्पताल ट्रमा सेन्टर र जिन्ना अस्पताल लगिएको छ ।’

सिंधका मुख्यमन्त्री मुराद अली शाहले कराचीका आयुक्तको घटनाको जाँच गर्न निर्देशन दिएका छन् । सिंधका स्वास्थ्य मन्त्री डा. अजरा पोचोहोको निर्देशनमा ट्रमा सेन्टर र जिल्ला अस्पतालमा आपतकाल घोषित गरिएको छ । स्वास्थ्य मन्त्रीले जारी गरेको बयानका अनुसार १२ जनाको शव ट्रमा सेन्टर पुगिसकेको छ र २ शव बाटोमै छन् । ११ शवको पहिचान गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर भएको बताइएको छ । एक जना भेन्टिलेटरमा र एक जना आइसीयुमा भएको बताइउको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!