१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

घोराहीबाट फरार कैदी जसले गरेका थिए गर्भ भएको थाहा पछी प्रेमिकाको हत्या

Logo
प्रकाशित आइतबार, पुष ११, २०७८

ABC( क्राईमबीट)
दाङ । दाङको घोराही कारागारबाट बिहीबार बिहान ११ बजेतिर कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका एक कैदी रहस्यमय तरिकाले भागे। छालाको बिमारी भएको भन्दै २९ वर्षीय यमराज परियारलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। कारागारका नाइकेसमेत रहेका राजपुर गाउँपालिकाको बेलाका निवासी परियार आफूलाई अस्पताल पुर्‍याउन प्रयोग गरिएकै मोटरसाइकल प्रयोग गरी भागे। लु ३४ प ४१० नम्बरको उक्त मोटरसाइकल प्रहरी जवान धनबहादुर चौधरीको थियो। सोही मोटरसाइकल शुक्रबार लमहीको मुसोटस्थित बेलदमार भन्ने स्थानमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार ती कैदी बिरामी थिएनन्। बिहान ११ बजे भागेका कैदीको बारेमा अपराह्न ४ बजेसम्म रिपोर्ट नगरिँदा घटनालाई थप रहस्यमय मानिएको छ। फरार कैदीको खोजी कार्यका लागि प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा दुई दर्जन बढी प्रहरी खटाइएको छ। नाकाहरूमा कडाइ गरिएको प्रहरी प्रमुख काफ्लेले बताए। अहिले प्रहरी जवान चौधरीसहित पाँचजनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। बिरामी नै नभएका व्यक्तिलाई अस्पताल लगिएको र फरार भएको झन्डै पाँच घन्टापछि मात्र खबर गरिएकाले प्रहरीले यसलाई नियोजित रूपमा घटाइएको घटनाका रुपमा लिएको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय फैसला भएका परियारले करिब साढे सात वर्ष कैद भुक्तान गरिसकेका छन्।
गर्भ रहेपछि प्रेमिकाको हत्या
परियारको तत्कालीन सत्बरिया गाविस वडा नं. ५ निवासी २२ वर्षीया हेमा चौधरीसँग प्रेम सम्बन्ध थियो। परियारसँगको यौन सम्बन्धपछि हेमाको पेटमा गर्भ रह्यो। गर्भवती भएकै समयमा उनी २०७१ जेठ २२ गते घरबाट हराइन्। उनी हराएपछि शंकाको घेरामा परेका परियारलाई २०७१ साउन ४ गते प्रहरीले नियन्त्रणमा लियो। परियारले हेमालाई मोटरसाइलमा लगेर साबिक सतबरिया–९ सिमपाखापानी जंगलमा राति १ बजे हत्या गरिएको खुल्यो। परियारकै बयानका आधारमा उनलाई साबिक चौलाही गाबिस–३ का शिवप्रसाद चौधरीले सघाएका थिए। ‘यमराज परियारले आफ्नो मोटरसाइकल चलाई बीचमा हेमा चौधरी र पछाडी शिवप्रसाद चौधरीलाई राखेर लगेका थिए,’ प्रहरीको अनुसन्धानले भन्छ, ‘हराएकै दिन रातको १ बजेतिर सिमपाखापानी जंगलको बखेरी खोला किनारमा पहिले स्प्रे सुँघाई बेहोस बनाउन खोज्दा स्प्रेले काम नगरेपछि हेमा चौधरीकै सलले घाँटी कसी कर्तव्य गरी मारेका भन्ने खुल्न आयो।’

पक्राउ परेका दुवैले सोही बयान दिएपछि २०७१ जेठ ६ गते प्रहरीसहित परियार र चौधरी घटनास्थलमा जाँदा मानव अवशेष फेला पर्‍यो। घटनास्थलमा दाँया–बाँया ६ वटा बंगारा भएको अगाडि भाग र नलीको हड्डी फेला पारेको थियो। डिएनए परीक्षण गर्दा सो अवशेष हेमाकै भएको पुष्टि भयो। हेमाको हत्यापछि पहिचान नहोस् भनी उनको शरीरको कपडा, मनिपर्सलगायतका सामग्री अर्जुनखोला सशस्त्र प्रहरी क्याम्पदेखि पश्चिमतर्फ रहेको जंगलको खोलामा फ्याँकेका थिए। हेमाले प्रयोग गर्ने मोबाइलसमेत शिवप्रसाद चौधरीले आफ्नो श्रीमतीलाई दिएको खुलेको थियो। सम्पूर्ण अनुसन्धान पूरा भएपछि भदौ ३ गते दाङ देउखुरी जिल्ला अदालतले परियार र शिवलाई २० वर्ष कैद फैसला सुनाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!