१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

नेपालगञ्ज जमुनाह सिमाना नाकाबाट लागूऔषधसहित १ जना युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित गोटीकाँडा गाउँपालिका ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई चेकजाँचका क्रममा लागूऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेट ल्याउँदै गरेको अवस्थामा जमुनाह का इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
पक्राउ परेका नेपालीलाई लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको नायब निरीक्षक बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]