०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

नेपालगञ्ज जमुनाह सिमाना नाकाबाट लागूऔषधसहित १ जना युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १५, २०७८


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित गोटीकाँडा गाउँपालिका ५ जुम्लाका १९ बर्षीय दिनेश नेपालीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका नेपालीलाई चेकजाँचका क्रममा लागूऔषध ५१ पिस नाइट्रोभेट टयावलेट, ४० पिस ट्रामाडोल र १० पिस एन टी टेन टयावलेट ल्याउँदै गरेको अवस्थामा जमुनाह का इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।
पक्राउ परेका नेपालीलाई लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको नायब निरीक्षक बिष्टले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]