०२ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

रेस्टुरेन्टमा युवकको मृत्यु-प्रकरणमा प्रतिवादी १६ मध्ये ६ जना धरौटीमा रिहा

Logo
प्रकाशित सोमबार, पुष १९, २०७८

ABC (क्राईमबिट)
दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्।
दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको छ।
त्यस्तै, आर्यन केसी र विकास भण्डारीलाई साधारण तारेखमा छोड्न आदेश भएको छ।
अन्य आठ जना नाबालक रहेको हुँदा मुद्दा पुर्पक्षका लागि अभिभावकको जिम्मा लगाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए।
मुद्दा फैसला हुन बाँकी रहेको र साक्षी बयानपछि अभियोग ठहर भएमा सोही बमोजिम हुने गरी पुर्पक्षका लागि कसैलाई धरौटीमा, कसैलाई साधारण तारेखमा र नाबालकहरूलाई अभिभावकको जिम्मा लगाउन आइतबार आदेश भएको सूचना अधिकारी शर्माले बताए।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले साथीको जन्मदिन मनाउन होटलमा गएका पौडेल मदिरा सवेन पछि छतबाट लडेर अचेत भएपछि अन्य साथीहरूले समयमै खबर गर्ने तथा अस्पताल पुर्‍याउने जिम्मेवारी पूरा गर्नुको सट्टा लापरबाही गरेको कुरा अनुसन्धानबाट खुल्न आएको बताएका थिए।
‘लडेर अचेत अवस्थाका व्यक्तिलाई मध्यरातमा नुहाइ दिएर होटलमै सुताउनु र कसैलाई पनि खबर नगर्नु भनेको मृत्युको लागि छोड्नुजस्तै देखियो,’ एसपी काफ्लेले भने, ‘अर्को दिन बिहानसम्म पनि अचेत व्यक्तिका बारेमा दिउँसोमात्रै घर परिवारलाई खबर गर्नु ठूलो लापरबाही मान्न सकिन्छ।’
उनले पछिल्लो समय होटलमा गएर जन्मदिन मनाउने तथा मदिरा सेवन गर्नेजस्तो गलत प्रचलनले गर्दा यस्ता दुःखद घटना हुन थालेको हुँदा सबै अभिभावक सजग रहनु पर्ने तर्क गरे।
‘एकातिर पैसाको नाश अर्कोतर्फ जीवन बर्बाद हुन थालेको छ,’ एसपी काफ्लेले भने, ‘जन्म दिन मनाउने बहानामा बढ्दो देखासिकी तथा फजुल खर्च रोक्न समाजका सबै जिम्मेवार व्यक्तिहरू लाग्न जरूरी छ। घटना मंसिर १७ गते रातिको हो फरक-कोणबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!