
ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्टोलसहित पक्राउ गरेको छ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले जानकारी दिनुभएको छ ।
डिएसपी खनालका अनुसार,आइतबार साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
पेस्टोलसहित कुर्मीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेर थप अनुसन्धन भइरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी खनालले बताएका छन ।