२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पाकिस्तानको प्रधानमन्त्री इमरान खानलाई देशको चिन्ताले अचेल निद्रा लाग्दैन !

Logo
प्रकाशित सोमबार, माघ १०, २०७८


(ABC-Sanchar)
काठमाडौं । देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगीका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगीबारे कोरोना महामारी बढी जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । पाकिस्तानी अखबार ‘डन’का अनुसार, आकाश छुँदै गएको महँगीले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ । उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए ।

सन् २०१८ मा राजनीतिइतरका व्यक्ति प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुसी थिए । क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा उक्लिए तब त्यहाँका जनतामा आशा पलाएको हो । तर परिस्थिति सोचेजस्तो भएन । इमरानले आफ्नो नेतृत्वको पाकिस्तान तहरिक-ए–इन्सान पार्टी सत्तामा जाँदा देशले ठूलो व्यापारघाटा बेहोरिरहेको बताएका छन् । यसले गर्दा आयात मूल्य बढ्न गएको र परिणामतः महँगी बढेको उनको भनाइ छ पाकिस्तानले महामारी नियन्त्रणका लागि आठ हजार बिलियन डलर खर्च गरेको छ । तर पनि कोरोना महामारी पूर्ण नियन्त्रणमा आएको छैन । सबै नागरिकसम्म खोप पुगेको छैन । पाकिस्तानमा महँगीको मार सबैभन्दा बढी आवधिक तलबमा काम गर्ने वर्ग परेको देखिएको छ ।

पाकिस्तानको बाह्य ऋणको अंक भयावह छ । ‘टे«डिङ इकोनोमिक्स ग्लोबल माइक्रो मोडल्स एन्ड एनालिस्ट’का अनुसार २०२२ सम्ममा पाकिस्तानको बाह्य ऋण एक लाख १८ हजार पाँच सय मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । यो ठूलो ऋण तिर्ने उपाय पाकिस्तानले अहिलेसम्म फेला पार्न सकेको छैन ।

गत महिनामात्रै पाकिस्तानले साउदी अरबसँग एक वर्षे ऋण लियो । कतिपय विश्लेषकहरू पाकिस्तान अहिले चिनियाँ ऋणको पासोमा परिसकेको बताउँछन् । केही महिनाअघि उक्त दक्षिण एसियाली मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिएको थियो । उक्त ऋण निकै विवादमा परेको थियो ।

धनी तथा शुभेच्छुक मुलुक र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूसँगको ऋणले सबैभन्दा बढी त्यहाँका नागरिकमाथि भार पर्न गएको छ । अहिले प्रत्येक पाकिस्तानी नागरिकको टाउकोमा ११ सय एक अमेरिकी डलर ऋण रहेको छ ।

कुनै समय पाकिस्तान दक्षिण एसियाको धनी देशहरूमध्ये एक थियो । कतिपय अर्थशास्त्रीहरू २०१० देखि उक्त देश ओरालो लाग्न थालेको बताउँछन् । अहिले अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँको मूल्य पनि निकै तल रहेको छ ।

अधिकारकर्मीहरू पाकिस्तानमा सबैभन्दा कमजोर मानवअधिकार रहेको बताउँछन् । सोही कारण पाकिस्तानी नागरिकको व्यक्तिगत उन्नति हुन नसकेको उनीहरूको धारणा छ । त्यहाँ उत्पादकत्व पनि निकै खस्केको छ । पाकिस्तानमा पछिल्लो समय सडकमा बसेर माग्नेहरूको संख्या पनि उत्तिकै बढेको छ ।

कलाकार, खेलाडी तथा राजनीतिकर्मी इमरानलाई निद्रा नलाग्नु स्वाभाविक छ । उनले जेजस्तो सपना बोकेर राजनीतिमा प्रवेश गरेका थिए, त्यो साकार हुन सकिरहेको छैन । भन्न सकिँदैन, त्यो सार्क देशले कहिले आफ्नो मुहार फेर्ला र प्रधानमन्त्री इमरानले कुन दिनदेखि मज्जाले निदाउन सक्लान् ! एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!