१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

पर्सामा १० वर्षीया बालिका रिजवाना महतोको हत्या आरोपमा १ जना पक्राउ

Logo
प्रकाशित आइतबार, माघ १६, २०७८

ABC (क्राईमबिट)
पर्सा । प्रहरीले वीरगन्ज-१६ बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाला कुर्मीलाई पक्राउ गरेको हो । वीरगन्ज १६ घर भई हाल वीरगन्ज–१५ मा बस्दै आएका सरोज महतो कुशवाहाकी छोरी रिजवानाको शव पुस २४ गते कन्चनजंगा स्कुल नजिक निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा फेला परेको थियो । टाउकोमा ढुंगा प्रहार गरिएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।
कुर्मीले अवैध सम्बन्ध लुकाउने उद्देश्यले बालिकाको हत्या गरेको बताएको छ । उनलाई माघ २ गते वीरगन्ज १६ इनर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

एक महिलालसँगको अवैध सम्बन्धबारे बालिका प्रत्यक्षदर्शी भएपछि मोतिलालले उक्त सम्बन्ध उजागर हुने डरले अपहरण गरी बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]