२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँके प्रहरीले ब्राउनसुगरसहित ३ जना नेपालगन्जबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
बाँके । नेपालगञ्ज-७ गगनगञ्जका २८ बर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ बर्षका अंकित श्रेष्ठ र सुर्खेत विरेन्द्रनगर नगरपालिका ६ का ३८ बर्षीय गणेश भण्डारी पक्राउ परेका हुन् । आदित्यको घरमा लागूऔषध ब्राउनसुगर ल्याई बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागूऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले घर कोठा खानतलासी गर्दा नगद १ लाख ४४ हजार रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३० ग्राम ब्राउन सुगर जस्तो पदार्थ, तौल गर्ने तराजु र नगद १ लाख ३४ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!