२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

काठमाडौं विमानस्थलबाट १ किलो सुन र आइफोनसहित ३ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, माघ २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले विशेष सूचनाको आधारमा एक किलो एक सय ५५ ग्रम सुन र चार वटा आइफोनसहित उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुबईबाट फर्किएका रौतहटको गौर नगरपालिकाका ३२ वर्षीय सुनिल कुमार साह, मकवानपुरका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् । शेर्पाले सारजहाबाट फर्किदा मलद्वारमा लुकाएर १ किलो ५५ ग्राम सुन ल्याएका थिए ।

त्यस्तै, साहको साथबाट प्रहरीले सुनको औँठी र सिक्री गरेर ५० ग्राम सुन बरामद गरेको थियो । बरामद सुन र आइफोनको मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार साह र परियार युएईबाट हिमालय एयरलाइन्स तथा शेर्पा सारजहाँबाट एयर अरेबियामार्फत बिहीबार त्रिभुवन विमानस्थल ओर्लिएका थिए । थप अनुसन्धानको लागि प्रहरीले बरामद सुन र मानिस भन्सार कार्यालयलाई बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!