२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नियमित सरुवा रोकर प्रहरी प्रधान कार्यालयले धमाधम काज सरुवा गर्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आइतबार मात्र १० डीएसपीको काज सरुवा गरियो ।
जसमा रसुवा, दोलखा र रामेछापका डिएसपी फेरिएका छन् । रसुवामा कुलदिप चन्द, दोलखामा गंगा प्रसाद पौडेल तथा रामेछापमा राजकुमार थिङलाई पठाइएको छ । तीनै जना राजनीतिक सिफारिसका आधारमा सरुवा भएका हुन् ।

रसुवा सरुवा भएका चन्दको डीएसपीमा यो तेस्रो पोष्टिङ हो । यसअघि उनले कमलपोखरी वृत्त तथा इप्रका कोहलपुरको नेतृत्व गरिसकेका छन् । सधै आकर्षक ठाउँमा बस्ने अवसर पाएका उनैलाई रसुवा पठाइएको छ । रामेछाप पठाइएका थिङ पनि पहिला जगाती वृत्तमा कार्यरत थिए । उनी जुवाडे डीएसपीका रुपमा चिनिन्छन् ।

अन्य केही जिल्लाका डीएसपीको पनि १३ महिना नाघिसकेको छ । तर, सरुवामा कुरा नमिल्दा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवाको निर्णय गर्न सकेका छैनन् । सबै जसो जिल्लामा डीएसपी पठाउन नेताहरुबाट सिफारिस आएको र त्यसलाई अस्वीकार गर्न नसक्दा सरुवा हुन नसकेको हो ।

गत शुक्रबार एसपीहरुको काज सरुवा गरिएको थियो । त्यसमा पनि चलखेलकै आधारमा निर्णय भयो । कार्यक्षमतामा कमजोर भए पनि मकवानपुरबाट नवराज अधिकारीलाई चितवनको जिम्मेवारी दिइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निकट एक समूहलाई प्रभावमा पारी उनी चितवन गएका हुन् । निर्वाचनको समयमा उनले चितवनको कमाण्ड सम्हाल्न सक्नेमा प्रहरी अधिकारीलाई शंका छ ।

सामान्यतया तराईमा दुई जिल्लाको कमाण्ड दिइदैन । तर, अधिकारी मात्र होइन बाराको नेतृत्व सम्हालिसकेका कृष्ण पंगेनीलाई पनि फेरि अर्काे तराईको जिल्ला महोत्तरी पठाइएको छ । जबकी उनीहरुकै ब्याचका कतिपय अधिकारीले एकपटक पनि जिल्लाको कमाण्ड सम्हाल्ने अवसर पाएका छैनन् ।

अत्यावश्यक अवस्थामा मात्र काज सरुवा गरिन्छ । तर, नियमित सरुवा रोकेर काज सरुवाले संगठनभित्र बढ्दै गएको बेथिति देखाउने प्रहरी अधिकारीहरु बताउँछन् । सरुवामा बदनामहरुले अवसर पाउनुले प्रहरीमा झन् भ्रष्टाचार बढ्ने जोखिम देखिएको छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!