२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नियमित सरुवा रोकर प्रहरी प्रधान कार्यालयले धमाधम काज सरुवा गर्दै

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । आइतबार मात्र १० डीएसपीको काज सरुवा गरियो ।
जसमा रसुवा, दोलखा र रामेछापका डिएसपी फेरिएका छन् । रसुवामा कुलदिप चन्द, दोलखामा गंगा प्रसाद पौडेल तथा रामेछापमा राजकुमार थिङलाई पठाइएको छ । तीनै जना राजनीतिक सिफारिसका आधारमा सरुवा भएका हुन् ।

रसुवा सरुवा भएका चन्दको डीएसपीमा यो तेस्रो पोष्टिङ हो । यसअघि उनले कमलपोखरी वृत्त तथा इप्रका कोहलपुरको नेतृत्व गरिसकेका छन् । सधै आकर्षक ठाउँमा बस्ने अवसर पाएका उनैलाई रसुवा पठाइएको छ । रामेछाप पठाइएका थिङ पनि पहिला जगाती वृत्तमा कार्यरत थिए । उनी जुवाडे डीएसपीका रुपमा चिनिन्छन् ।

अन्य केही जिल्लाका डीएसपीको पनि १३ महिना नाघिसकेको छ । तर, सरुवामा कुरा नमिल्दा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरुवाको निर्णय गर्न सकेका छैनन् । सबै जसो जिल्लामा डीएसपी पठाउन नेताहरुबाट सिफारिस आएको र त्यसलाई अस्वीकार गर्न नसक्दा सरुवा हुन नसकेको हो ।

गत शुक्रबार एसपीहरुको काज सरुवा गरिएको थियो । त्यसमा पनि चलखेलकै आधारमा निर्णय भयो । कार्यक्षमतामा कमजोर भए पनि मकवानपुरबाट नवराज अधिकारीलाई चितवनको जिम्मेवारी दिइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड निकट एक समूहलाई प्रभावमा पारी उनी चितवन गएका हुन् । निर्वाचनको समयमा उनले चितवनको कमाण्ड सम्हाल्न सक्नेमा प्रहरी अधिकारीलाई शंका छ ।

सामान्यतया तराईमा दुई जिल्लाको कमाण्ड दिइदैन । तर, अधिकारी मात्र होइन बाराको नेतृत्व सम्हालिसकेका कृष्ण पंगेनीलाई पनि फेरि अर्काे तराईको जिल्ला महोत्तरी पठाइएको छ । जबकी उनीहरुकै ब्याचका कतिपय अधिकारीले एकपटक पनि जिल्लाको कमाण्ड सम्हाल्ने अवसर पाएका छैनन् ।

अत्यावश्यक अवस्थामा मात्र काज सरुवा गरिन्छ । तर, नियमित सरुवा रोकेर काज सरुवाले संगठनभित्र बढ्दै गएको बेथिति देखाउने प्रहरी अधिकारीहरु बताउँछन् । सरुवामा बदनामहरुले अवसर पाउनुले प्रहरीमा झन् भ्रष्टाचार बढ्ने जोखिम देखिएको छ । दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]