२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा लाखौं रुपैयाँको अवैध लत्ताकपडा पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण १५, २०७८

ABC (क्राईमबिट)
बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १५ पिप्रहवा नाकाबाट अवैध समाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

ठुलो परिमाणमा लाखौं रुपैयाँ बराबरको लत्ताकपडा भारतबाट भन्सार छली गरि नेपालगन्ज ल्याइदै गरेको बिशेष सूचनाका आधारमा गएको सशस्त्र प्रहरी सहायक निरीक्षक भाटको कमान्डमा गएको टोलीले २ लाख ७२ हजार ३८० रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका लत्ताकपडामा लेडिज सुट, लेडिज साडी, नेटको थानको कपडा , थानको कपडा , जेन्टस अन्डवेयर रहेका छन् । बरामद गरिएका सबै अवैध लत्ताकपडालाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]