२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

एमसिसी पारित विरुद्धमा ६ दलको सोमबार नेपाल बन्दको घोषणा

Logo
प्रकाशित सोमबार, फाल्गुण १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका राजनीतिक दलहरुले एमसिसी सम्झौताको बिरोधमा फागुन १६ गते नेपाल बन्दको घोषणा गरेका छन् ।आजै प्रतिनिधिसभाबाट पास गर्न लागिएको अमेरिकी सहयोग परियोजना ‘एमसिसी’ को बिरोधमा विप्लव नेकपा सहितका ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्धारा फागुन १६ गते सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

आईतबार ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठकले साझ एमसिसीको बिरोधमा आज मशाल जुलुस र सोमवार नेपाल बन्दको कार्यक्रमको घोषणा गरिएको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीहरुले एमसिसी हिरोधमा काठमाडौं लगायत देशभर संघर्ष गर्दै आइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!