०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट ३०२ नेपालीले छाडे देश

Logo
प्रकाशित बुधबार, फाल्गुण १८, २०७८

(ABC-Sanchar)
काठमाडौं । युद्धग्रस्त मुलुक युक्रेनकाे राजधानीबाट सबै नेपाली बाहिरिएका छन् । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका हुन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिए ।

गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म युक्रेन छाडेर २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् ।

यसअघि, समितिका अध्यक्षसमेत रहेका राजदूत खड्काको अध्यक्षतामा बसेको बैठकले युद्धका कारण विस्थापित नेपालीलाई सुरक्षित स्थानान्तणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको थियो । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वकै ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिने आफ्नो साउथ पार्स ग्यास फिल्डमा बुधबार इजरायलले हमला गरेपछि इरानले अमेरिकासँग सम्बन्धित तेल र ग्यास रिफाइनरीलाई लक्ष्य गरी मध्यपूर्वका देशहरूमा रातभर आक्रमण गरेको छ। साउदी अरेबियाले बुधबार रातभर इरानले आक्रमण गरेको बताएको छ। साउदी रक्षा मन्त्रालयले राजधानी रियाद र देशका पूर्वी क्षेत्रमा १७ ड्रोन र दुई ब्यालिस्टिक मिसाइल खसालेको बताएको […]

इराक । सुरक्षा संयन्त्रले दिएको जानकारी अनुसार यो आक्रमण पछिल्ला केही दिनयताको सबैभन्दा भिषण हो। आक्रमणको लगभग ६ घण्टा पहिले अमेरिकाले इराकमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको थियो। गत हप्ता पनि बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण भएको थियो। यस्तै, इरानले इजरायलमा पनि कयौँ रकेट खसालेको छ। आक्रमण बढीपछि खाडी राष्ट्र युएईले आफ्नो […]

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले खाडी तथा इजरायल, टर्की लगायतका ११ देशमा श्रम स्वीकृति स्थगन गरेको हो । तर फागुन महिनामा ५२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको […]

error: Content is protected !!