१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

उत्तर कोरियाले फेरि गर्‍यो मिसाल प्रहार

Logo
प्रकाशित शनिबार, फाल्गुण २१, २०७८


(ABC-SANCHAR)
काठमाडौं । उत्तर कोरियाले प्रहार गरेको मिसाईल कोरियाली प्रायद्धीपको पूर्वमा पर्ने एउटा समुद्रमा खसेको सो क्षेत्रका सेनाहरुले जनाएका छन्

शनिवार गरिएको प्रहार उत्तर कोरियाको नवौं मिसाइल प्रहार हो। दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन हुन केही दिनअघि मात्र उत्तरले मिसाइल परीक्षण गरेको छ।

शनिवार गरिएको परीक्षण व्यालिस्टिक मिसाइल हुन सक्ने दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ र जापानका प्रधानमन्त्रीको कार्यालयले जनाएका छन्।

शनिबारको मिसाइल प्रहार प्योङयाङको अन्तर्राष्ट्रिय विमानस्थल रहेको क्षेत्र सुनानबाट भएको दक्षिण कोरियाको सेनाले जनाएको छ।

युक्रेनमाथि रुसी हमलाका कारण अन्तर्राष्ट्रिय समाजको ध्यान त्यतातर्फ केन्द्रित रहेको बेला उत्तर कोरियाले मिसाइल प्रहार गरेको जापानका रक्षामन्त्री नोबुओ किशिले बताएका छन्। सो मिसाइल ५५० किलोमिटरको उचाइमा पुगेर ३०० किलोमिटर दूरी पार गरेको जापानले जनाएको छ।

उत्तरले गरेको प्रहारबारे छलफल गर्न दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ। उत्तरको पछिल्लो मिसाइल प्रहारबारे अमेरिकी सरकार र सेनाले कुनै टिप्पणी गरिसकेको छैन्। उत्तर कोरियाको पछिल्लो परीक्षण यो वर्षको दुई महिनामा गरिएको नवौं हतियार परीक्षण हो।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ। तर, प्रतिबन्धको बेवास्ता गर्दै उत्तरले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ।

उत्तरको आणविक हतियार अन्त्य गर्ने विषयमा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड्र ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका वार्ता विना निस्कर्ष टुंगिएका थिए। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!