०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

अबैध काम गर्ने १७ जनालाई गृहमन्त्रालयले कारबाही गर्ने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८


(ABC-SANCHAR)
काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न÷नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो ।

त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी एकाइमा जानकारी गराउन पनि मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ । त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा कानूनबजोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरुवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने, उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने क्रियाकलापप्रति सचेत हुने भनेको छ ।

यस्तै मन्त्रालयले डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने, ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैधरूपमा गतिविधि गर्ने, मिटर ब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने जस्ता क्रियाकलाप पनि गैरकानूनी भएकाले सचेत हुन आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!