२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

अबैध काम गर्ने १७ जनालाई गृहमन्त्रालयले कारबाही गर्ने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८


(ABC-SANCHAR)
काठमाडौं । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न÷नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो ।

त्यस्ता गतिविधि भएको कुनै सूचना प्राप्त भएमा तत्काल नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी एकाइमा जानकारी गराउन पनि मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको छ । त्यस्ता गैरकानूनी कार्य गरेको पाइएमा कानूनबजोजिम कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरुवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने, उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने क्रियाकलापप्रति सचेत हुने भनेको छ ।

यस्तै मन्त्रालयले डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने, ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन आग्रह गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैधरूपमा गतिविधि गर्ने, मिटर ब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने जस्ता क्रियाकलाप पनि गैरकानूनी भएकाले सचेत हुन आग्रह गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!