२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालगन्ज १८ का वडाध्यक्ष दिपक बर्माले गुन्डागर्दी सैलिमा सरसफाइ गर्नेलाई कुटपिट गरेर घाइते

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाबाट खटिएका ५ जना सरसफाइ कर्मचारीमाथी कुटपिट गरेकाछन |

यो घटना ७ गते आइतबारका दिन करिब ११ र १२ बजेको बीचमा भएको पीडितको भनाइ रहेको छ | वडा कार्यालयमा बिहान करिब ५ बजेदेखि १२ बजे सम्म सरसफाइ गर्दै गर्दा आफ्नो ड्युटीको समय पनि सक्कीसकेको र निकै नै कामबाट थकान अनि भोक लागेको महसुस हुँदा दिनेश कुमार बालमेकीले वडा अध्यक्ष दिपक बर्मालाई म खान खाना जान्छु भन्दै गर्दा त बडी बोलिस भन्दै भित्र कोठामा लगि कोठाको चुक्कुल लगाएर निर्घात कुटपिट गरेको कुरा पीडित दिनेश कुमारले बताएका छन |

आफु संग काम गर्ने अन्य ४ जना सफाइ कर्मचारीहरु पनि रहेको उनले बताएका छन |
सबैजनालाई एकएक गरि कुटपिट गरेपछि नगर भित्र रहेका २३ वटै वडाका सफाइ कर्मचारीहरुले सोमबार ८ गते नेपालगन्ज उ.प.म. नगरपालिका भित्र धर्ना समेत दिएका थिए |

धर्नामा अध्यक्ष दिपक बर्मा मुर्दावाद समेतका नारा लगाएका हुन एउटा दलित समुदायका मजदुरमाथीको अत्याचारले आफुहरु निकैनै दुखी भएको उनका आफन्तहरु समेतको गुनासो रहेको भिडियो हामीसंग सुरक्षित रहेको छ |

भिडियोमा बोल्दै यो कुरा यदि कसैले पनि बाहिर आउटगरे अथवा मिडियामा बोल्ने प्रयासगरेमा जागीरसमेत खाइदिने अध्यक्ष बर्माले आफुहरुलाइ धम्की दिएको कुरा पीडितले हामीसंग बताएका छन |

पहिले देखीनै गुण्डा शसैलीका बर्माको जीवन उनका लागी यो कुनै नौलो घटना भने होइन यो भन्दा पहिले पनि अनेकौं घटना मध्य केहि स्थानीय जनतालाई कुटपिट गरेको भिडियो हाम्रो सञ्चार माध्यममा पनि रहेको छ | जनताको हकहितमा कामगर्ने प्रतिबद्ध भएका जनप्रतिनिधिको हातबाट आफनै कार्यालयका कर्मचारीहरुले कुटाइ खाए भने यस्ता खाले जनप्रतिनिधिबाट अरु आम-सर्वसाधारणले के आशा गर्ने आम नागरिकहरुले चिन्ता व्यक्त गरेकाछन|

यश घटनालाई लिएर नेपालगन्ज उ.प.म नगरपालिका भित्र ठूलो छलफल चलेपछि अध्यक्ष बर्माले सामान्य माफी माग्दै छलफल टुंगिएको हो |
सुरक्षामा खटिएका वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्कालाई सोही बिषयमा हामीले कुरा गर्दा आफुलाइ यो बिषयमा कुनै जानकारी नभएको बताएकाछन भने आफ्नो काम ड्युटी निभाउने हो हामी बाहिर सुरक्षा दिरहेका थियौ भित्र छलफलमा के भयो भन्ने बिषयमा कुनै जानकारी नभएको बताएकाछन |

छलफल टुंगिए पछि अध्यक्ष बर्मासंग आएका गुण्डा टाएपका केहि ब्याक्तीहरुले दिपक बर्मा जिन्दावाद जस्ता नारा लगाउदै पिडितको मनोबल खस्कीने गरि उनीहरु त्यसै स्थानबाट आफ्नो गन्तव्य तिर लागेका थिए |

जो गलत छ त्यसकै बढाइचढाइ गर्नले भोलिको दिनमा हाम्रो समाज कतापो जाने हो ? भन्ने कुराको समेत आम-नागरिकहरुका लागि चिन्ताको बिषय बनेको छ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]